रुपा । आफ्नै पालिकाभित्र नजिक स्वास्थ्य चौकी छैन । एउटा सिटामोल किन्न पनि अर्को जिल्ला पुग्नुपर्छ । नत्र जिल्ला सदरमुकाम झर्नुको विकल्प छैन । रुपा गाउँपालिका १ स्यास्त्रीका नागरिकको हिजोसम्मको दुख हो, यो । लमजुङको रामबजार पुगेर औषधीमुलो गर्दै आएका नागरिकको दुखलाई गाउँपालिकाले मलम लगाइदिएको छ । भवन र उपकरण सहितका स्वास्थ्य कर्मी व्यवस्था गरेर बिहीबार स्वास्थ्य केन्द्रको सुरुआत गरिएको छ ।
गाउँपालिकाको ५ लाख लागतमा निर्माण भएको २ कोठे स्वास्थ्य केन्द्रको पालिका अध्यक्ष नवराज ओझाले उद्घाटन गरे । स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने अध्यक्ष ओझाले बताए । यसबाट रुपा १ र ७ का नागरिकले सेवा पाउने छन् । केन्द्रमा अहेब, अनमी र सहयोगी गरेर ३ जना स्वास्थ्य कर्मीको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
‘यो ठाउँका नागरिक अहिलेसम्म स्वास्थ्यको पहुँचमा पुग्न सकेका छैनन् । रुपाको अत्यन्तै विकट ठाउँ हो स्यास्त्री,’ उनले भने, ‘अब सानोतिनो उचारका लागि टाढा धाउनु पर्दैन । औषधी नपाएर रोग पालिराख्नु पर्दैन ।’ उनले थप स्वास्थ्य चौकी निर्माणको चरणमा रहेको बताए । पालिकाभरिका स्वास्थ्य केन्द्रको स्तरोन्नतिमा बढी जोड दिइएको उनको भनाइ छ । ‘नभएका ठाउँमा नयाँ बनाउने । भएका ठाउँमा स्तरोन्नति गर्दै जाने,’ उनी भन्छन्, ‘गाउँमा सरकार आयो भनेर नागरिक खुसी छन् । सिटामोल किन्न सदरमुकाम जानुप¥यो भने हाम्रो विडम्बना हो । व्यवस्थालाई नागरिकले मन पराउँदैनन् ।’ उनले गाउँगाउँबाट एम्बुलेन्स सेवा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
गाउँमै स्वास्थ्य सुविधा पाउने भएपछि नागरिक खुसी छन् । वडा नम्बर १ का अध्यक्ष दीपक आलेले क्षमता र सं्रोत अनुसार सेवा र पूर्वाधार थप्दै गएको बताए । उनले पालिका बनेपछि नागरिकले सुविधा पाउन थालेको बताएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, नेकपाका वडाध्यक्ष पुष्प खनाल र नेपाली कांग्रेसका वडा सभापति बुद्धिबहादुर खड्का लगायतले स्वास्थ्य केन्द्रले जनतालाई सेवा पुग्ने बताए ।
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१