पोखरा । एसओएस स्कुल पोखरा १७ घारीपाटनमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथग्रह कार्यक्रम सम्पन्न भएको छ । कोभिडका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै पदस्थापन गरिएको विद्यालयका प्रिन्सिपल फुर्बु थिन्लेले जानकारी दिए ।
परिषद्को क्याप्टेनमा छात्रतर्फ कक्षा १० का तेन्जिन हिसे र छात्रतर्फ छोइङ साङ्मो लामा चयन हुन सफल भए । क्याप्टेनद्वयलाई प्राचार्य फुर्बु थिन्लेले सपथ ग्रहण गराउँदै एसओएसको गरिमालाई कायम राख्न आग्रह गरे । परिषद्ले विद्यार्थीको हितमा काम गर्न र पढाइसँगै सहक्रियाकलापलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने थिन्लेले बताए ।
सोही अवसरमा विद्यालय प्रिफेक्ट्सका रुपमा छात्रहबाट सोनाम टासी गुरुङ, कर्म खामसुङ गुरुङ, कर्म छिरिङ गुरुङ र कर्म सेराब चयन हुन सफल भए । छात्राहरुमा छेवाङ छोडन, ल्हामो छिरिङ, कुसाङ वाङ्मो र तेन्जिन छोजिन छनोट हुन सफल भए । विद्यार्थीहरुको मतदानबाट चयन भएको नेतृत्वले यो शैक्षिक सत्रमा विद्यालयभित्र गरिने शैक्षिक र सहक्रियाकलापका कार्यक्रममा अन्तरसदनात्मक प्रतिस्पर्धालाई स्वस्थ, मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने विद्यालयका कोअर्डिनेटर गोविन केसीले जनाए ।
निर्वाचित सबै क्याप्टेन तथा सदस्यलाई सम्मान स्वागत एवं सपथग्रहण गराइएको कार्यक्रममा कक्षा मोनिटरलाई समेत स्वागत गरिएको थियो । सो अवसरमा होस्टेल प्रिफेक्ट छात्रछात्रा, कक्षा मनिटरलाई पनि सम्मान गरिएको कार्यक्रम सञ्चालिका विद्यालयकी शिक्षिक छिरिङ युडनले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१