पोखरा । जीवनपयोगी मूल्यमान्यतामा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम र नेतृत्वदायी जनशक्ति तयार गर्न गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गण्डकी सरकारले विश्वविद्यालय स्थापना गरेको वर्ष दिन पुगेको छ । प्रदेश सरकारले प्रदेशभित्रका सबै जनसमुदायलाई पायक पर्ने स्थलमा एउटा गुणस्तरीय विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले २०७६ असोज २७ मा गण्डकी विश्वविद्यालय सम्बन्धी ऐन ल्याएको थियो ।
त्यही ऐन अनुसार २०७६ फागुन ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राडा गणेशमान गुरुङलाई विश्वविद्यालयको कुलपति पदमा नियुक्ति र शपथ ग्रहण गराएका थिए । त्यही दिनलाई विश्वविद्यालय दिवसका अवसरमा मनाउन थालिएको छ । मंगलबार आयोजित वार्षिकोत्सवमा कुलपछि गुरुङले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिँदै गण्डकी विश्वविद्यालयलाई एउटा शिक्षण अस्पतालसहित चिकित्सा विज्ञान शिक्षण कार्यक्रम पनि समावेश गर्ने निर्देश गरे अनुसार काम भइरहेको जानकारी गराए । यसको प्रारम्भिक अध्ययन गरी ‘गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल आयोजना विकासको अवधारणा’ तयार गरी कार्यदलले आफ्नो प्रतिवेदन मुख्यमन्त्रीसमक्ष बुझाइसकेको उनले बताए । तनहुँको शुक्लागण्डकी नपा ५, बेलचौतारामा शिक्षण अस्पताल स्थापना गर्न सुझाव दिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबैको साथ र सहयोग पाए गण्डकी विश्वविद्यालयलाई नमुना बनाए देखाइदिने बताए । अहिले संघीयता कार्यान्वयन सँगै शिक्षा क्षेत्र अस्तव्यस्त बनेको बताए । ‘शिक्षाका पाठ्यक्रम प्रकाशन र सञ्चालन गर्ने अधिकार प्रदेशलाई हुनुपथ्र्यो,’ उनले भने, स्थानीय तहले सानो क्षेत्रलाई आधार मानेर बनाएका पाठ्यक्रमले विद्यार्थीले कसरी फड्को मार्नु ?’ उनले शिक्षामा फड्को मार्न ठूलो क्षेत्रलाई समेटिनुपर्ने बताए । गुणस्तरीय शिक्षा दिन नसके विद्यार्थी बाहिरी मुलुकमा जाने भएकाले उनीहरुलाई टिकाउन गुणस्तरीय शिक्षा दिन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले नेपालका विश्वविद्यालयमा विद्यार्थी भर्ना दर अत्यन्तै कम भएको बताए । विश्वविद्यालय प्रादेशिक र संघीय नहुने भन्दै उनले सरकारको योजना महत्वाकांक्षी भएकाले नेपालका विश्वविद्यालयमा सुधार नआएको भनाइ राखे ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादव लामिछानेले आफूहरुले जीवनशैली व्यवस्थापन लगायत परम्परासँग जोडिन गरी नयाँ शैलीमा पाठ्यक्रम बनाउन लागेको बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले राजनीतिले विश्वविद्यालयहरु ध्वस्त भएकामा गण्डकीमा भने प्राज्ञिक व्यक्तिहरुबाटै विश्वविद्यालय सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१