दुर्घटनामा किशोरीको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन २, २०७७
tanahu accident (3)

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका ६, भोर्लेटारकी १७ वर्षीया अन्वेशा पौडेल हुन् ।

शनिबार बिहान ८ बजे मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ को ग्यास बुलेटले ठक्कर दिएकोमा मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नं. को कारमा ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने अन्वेशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन् ।

यसैबीच, शनिबार नै पोखरा २५ याम्दीमा ट्याकसी र स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् ।

ध १ ज ९८८ नं. को ट्याक्सी र ग १७ प ९१६२ नं. को स्कुटर ठोक्किँदा स्कुटरचालक स्याङ्जा पुतलीबजार ९ लामागेका ४० वर्षीय श्रीकृष्ण भण्डारी घाइते भएका हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width