संवैधानिक अंगका नवनियुक्त ३२ पदाधिकारीले  लिए सपथ 

आदर्श समाज सम्वाददाता
माघ २१, २०७७
sapath-sambaidhanik-aayog-2-2

काठमाडौं । संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए ।

हेर्नुहाेस् सूची

Related News

सम्बन्धित समाचार

hero news full width