भलामकाे छाप्रोमा शव भेटियो

आदर्श समाज संवाददाता
पौष २०, २०७७
death

पोखरा । पोखरा महानगरपालिका २० भलामस्थित अमरबहादुर क्षेत्रीको टिनको टहरामा एक व्यक्ति मृतावस्थामा भेटिएका छन् ।

५०/५१ उमेरको नाम, थर र वतन नखुलेको ज्यामी काम गर्ने पुरुषको शव सोमबार बिहान फेला परेको स्थानीयलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

गाउँलेले खबर गरेलगत्तै सुरक्षाकर्मीको टोली पुगेर घटनाका बारेमा अनुसन्धान थालेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width