नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने ७ पक्राउ

आदर्श समाज सम्वाददाता
पौष १९, २०७७
tia

काठमाडौं, १९ पुस ।  कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिए। उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width