काबुल । अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ। घोर प्रान्तमा बन्दुकधारीको आक्रमणमा स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो।
पछिल्लो दुई महिनामा कम्तिमा पाँच पत्रकारको अफगानिस्तानमा हत्या भएको छ।
रिपोर्टस विथआउट बोडर्सका अनुसार महिना दिनअघि पनि अइमकको हत्या प्रयास भएको थियो। त्यो बेला बाँच्न सफल भएका उनको शुक्रबार हत्या भएको हो।
पछिल्लो समय अफगानिस्तानका अधिकारकर्मी तथा सरकार पक्षधर व्यक्तिहरुलाई निशाना बनाउन थालिएको छ।
हत्याका धेरै घटनामा कुनै पनि बिद्रोही समूहले जिम्मा लिएका हुँदैनन्। तर सरकारी अधिकारीले त्यस्ता अधिकांश घटनामा तालिबानको संलग्नता हुने गरेको बताउने गरेका छन्।
पत्रकार तथा अरु अधिकारकर्मीमाथि भएका आक्रमणको संयुक्त राष्ट्रसंघ, नेटो तथा युरोपियन युनियनले निन्दा गर्दै आएका छन्।
घोरको राजधानी फेरोज कोह नजिकै अइमक सवार गाडीमा बन्दुकधारीले आक्रमण गरेका हुन्। नजिकै रहेको गाउँमा परिवारसँग भेट गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको हो। गाडीमा रहेका अइमकका भाइलाई भने केही भएको छैन।
यसअघि पत्रकारहरु राहमतुल्लाह नेक्जाद, मलाला माइवान्द, यामा सिएवाश र एलियास दायी तथा चलचित्र निर्देशक सबा साहरको हत्या भएको थियो।
Related News
सम्बन्धित समाचार
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो
कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८ सय २० जनाको मृत्यु
जो बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति
कोरोनाका कारण जिम्बाब्बेका विदेश मन्त्रीको निधन
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७