पिएम कप महिला टी–२० को उद्घाटन खेलमा लुम्बिनीको जित

आदर्श समाज संवाददाता
पौष ११, २०७७
pm cup

पाेखरा । दाङको लमही क्रिकेट मैदानमा आज(शनिबार)बाट सुरु भएको प्रधानमन्त्री(पीएम) कप महिला क्रिकेटको उद्घाटन खेलमा लुम्बिनीले सुरुवाति जित निकालेको छ।

टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले प्रदेश २ लाई नौ विकेटले हराउँदै जित निकालेको हो।

यता पहिले ब्याटिङको निम्तो पाएको प्रदेश २ ले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा ७७ रन मात्र जोड्न सक्यो।

जसका लागि अनुराधा चौधरी र साना प्रविनले समान २१–२१ रन बनाए। अनुराधा, गीता गोसाईको बलबाट आउट भइन् भने साना रनआउट बनिन्।

त्यस्तै, विमला मगरले १० रनको योगदान दिँदा गोमा आलेले तीन रन बनाएको खेलमा अतिरिक्त २० रन प्राप्त भयो।

प्रदेश २ लाई सस्तैमा रोक्न सुस्मिता भुषालले तीन विकेट गिराइन भने स्वस्तिका बजगाईँ, नेरी थापा र गोसाईले समान १–१ विकेट लिए।

७८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको लुम्बिनीले एक विकेट गुमाएर २३ बल बाँकी रहँदै लक्ष्य पूरा  गर्यो।

लक्ष्य प्राप्तिका लागि सरस्वती जिएमले २२ रन बनाइन्। खेलमा गोसाई र कप्तान नेरी थापा अविजित रहे।

गोसाईले सर्वाधिक २३ रन बनाईन भने कप्तान नेरी थापाले १५ रनको योगदान दिइन्।

यता प्रदेश २ की कविता गौतमले एकमात्र विकेट लिइन्।

समूह चरणको खेलमा पहिलो जित निकाल्दै समूह ए अन्तर्गत लुम्बिनीले २ अंक जोडेको छ।

पहिलो दिनको दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले कर्णाली प्रदेशको सामना गर्नेछ। एपिएफ साविक विजेतासमेत हो।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…

hero news full width