पोखरा लेडी जेसीजमा कमला

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७
lady jyces

पोखरा  । पोखरा लेडी जेसिज अध्यक्षमा कमला शर्मा कँडेल (वीनिता) निर्वाचित भएकी छन् ।

संस्थाको ३२ औं साधारणसभा तथा २७ औं शाखा अधिवेशनअन्तर्गत अध्यक्षका प्रत्यासी गायत्री फुयाँललाई पराजित गरेकी हुन् ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी (लता) कुँवर निर्विरोध भइन् । उपाध्यक्ष पदमा भएको मतगणनामा विवाद उत्पन्नले निर्वाचित सार्वजनिक गरिएको छैन ।

संस्थाको निर्देशकमा दीव्या चालिसे, शीलु चालिसे, संगीता अधिकारी र सपना सुनार निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचितपछि शर्माले निर्वाचनको परिणाम आफ्नो पक्षमा आए पनि सबैलाई मिलाएर एक ढिक्का बनाउने प्रतिबद्धता जनाएकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width