पोखरा । राष्ट्रिय सहकारी बैंकले सुदूरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बुधवार पुरस्कृत गरिएको हो ।
बैंकको धनगढी शाखामा उत्कृष्ट कारोबार गर्ने मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी कैलाली नियमित कारोबार गर्ने दीपज्योति महिला विकास कृषक सहकारी संस्था लि. महेन्द्रनगर कञ्चनपुरलाई पुरस्कृत गरिएको हो ।
मेघा साकोसका सञ्चालक कान्तुराम पनेरु र प्रमुख कार्यकारी अधिकृत सुनिल सेटी तथा दीपज्योति महिला सहकारीका अध्यक्ष जोधनी देवी चौधरी र व्यवस्थापक गुरुप्रसाद थारुलाई बैंकका सञ्चालक तथा सुदुरपश्चिम प्रदेश संयोजक शिवा थापाले सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।
सहकारी बैंकले केन्द्रीयस्तर, प्रदेशस्तर र शाखास्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औं वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना प्रभावका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष भूपेन्द्र थापा, बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाट, बचत तथा ऋण सहकारी संघ कैलालीका कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ, बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले बोलेका थिए ।
सुदुरपश्चिम प्रदेशको एकमात्र शाखाका रुपमा रहेको धनगढी शाखामा ३ सय सहकारी संस्था सदस्य रहेका छन् । सदस्य संस्थाहरुको ६१ करोड निक्षेप र ५० करोड कर्जा लगानीमा रहेको शाखा प्रमुख रावलले बताए ।
राष्ट्रिय सहकारी बैंकलाई नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१