पोखरा । लमजुङको सत्रसय अर्चल्यानी देखि चण्डीपाटा हुँदै बाख्रेजगत सडक स्तरोन्नतीको ठेक्का लागेको ५ बर्ष भैसक्यो । २ बर्षमै सक्नुपर्ने म्याद राखेर २०७३ असार १० गते सम्झौता भएको सडकको काम आर्थिक अभावका कारण अहिलेसम्म सकिएको छैन । १३ करोड ८९ लाख रुपैयाँ लागत अनुमान गरिएको बहुबर्षीय ठेक्काको काम मुश्किलले ६१ प्रतिशत सकिएको छ । ८ करोड ५२ लाखको काम सकिएको र अझै ४ करोड ८६ लाखको काम बाँकी छ ।
संघ सरकारले सर्त सहित हस्तान्तरण गरेर यो बर्ष सकिने आयोजनाका लागि मात्रै करिब ६ अर्व लाग्ने छ ।
लमजुङमा यस्ता ४ वटा आयोजना छन्, जुन ठेक्का लागेको लामो समय वितिसक्दा पनि पूरा भएको छैन । यि आयोजनामा ११ करोड २९ लाख रुपैयाँको काम हुन बाँकी छ ।
स्याङजामा मात्रै ५६ करोड २५ लाखका ७ वटा सडक आयोजना बन्न बाँकी छ । ३१ करोड २३ लाख लागतमा ति आयोजनाका करिब ५० प्रतिशत मात्रै काम सकिएका छन् । कतिपय आयोजनाको म्याद सकिएको छ भने कतिपय सकिने अवस्थामा छन् । प्रदेशभरी ३२ वटा ठूला सडक आयोजनामा २ अर्व ७८ करोड थप लागत आवश्यक पर्ने अनुमान छ । म्याग्दीका २, तनहुँका ३, बागलुङका ३, कास्कीका ९ र पर्वतका ४ वटा आयोजना अहिले निर्माणाधीन छन् । सडकजस्तै ३७ वटा सडक पुल पनि निर्माणकै चरणमा छन् । यि आयोजनामा समेत बजेटको अभाव छ । ६९ करोड ३६ लाख लागत अनुमान गरिएका पुलहरुमा ३१ करोड १३ लाखको काम सकिएको छ भने आयोजना सम्पन्न गर्न अझै २६ करोड ९७ लाख भन्दा बढी लाग्ने बताईएको छ ।
नेपाल सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुने प्रदेशभरका ४ सय ३३ खानेपानी आयोजनामा १६ अर्व ९२ करोड लागत अनुमान छ । तिमध्ये हालसम्म ४ अर्व २६ करोड सरकारले लगानी गरिसकेको छ भने ८ अर्व ६४ करोडको काम हुन अझै बाँकी छ । सरकारले यि आयोजनामा १३ अर्व ४५ करोड लगानी गर्ने र ३ अर्व ४७ करोड जनसहभागिताबाट जुटाउने बताईएको थियो । यो बर्ष ५६ करोड भन्दा बढी खानेपानी आयोजनामा विनियोजन गरिएको छ । सबै आयोजना पूरा भए १ लाख ६० हजार घरधुरी यसबाट लाभान्वित हुने अनुमान छ ।
प्रदेश सरकार गठन हुनुअघि ठेक्कामा गएका अधिकांश यस्ता आयोजना प्रदेशमा हस्तान्तरण भएका छन् । तर त्यो सम्पन्न गर्न आवश्यक बजेट भने संघ सरकारले पठाएको छैन । संघ सरकारले सर्तसहित प्रदेशमा हस्तान्तरण गरेका आयोजना पूरा गर्न आवश्यक बजेट विनियोजन गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उनले आयोजनाको विवरण र प्रगति सहित बाँकी रकमबारे जानकारी गराएका हुन् । प्रदेशमा हस्तान्तरण भएका सडक आयोजनाका लागि २ अर्ब ८६ करोड, आधारभूत खानेपानीका लागि १ अर्व ५ करोड, विशेष खानेपानी आयोजनाका लागि ५२ करोड ८७ लाख, सिँचाइ आयोजनाका लागि १८ करोड ५० लाख, सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ तत्काल आवश्यक पर्ने मुख्यमन्त्रीको भनाई छ ।
‘यो बर्ष सकिने अनुमान गरिएका आयोजनाको लागि मात्रै बजेट मागेको हो । अर्थमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘वहाँले सचिवलाई निर्देशन गरिसक्नुभएको छ । यो बर्ष सोचेअनुसार पैसा आउनेमा विश्वस्त छु ।’ यो बर्षका योजना सम्पन्न हुन ५ अर्व ८१ करोड आवश्यक पर्ने प्रदेश सरकारले जनाएको छ । धेरै पहिलेदेखि सशर्त आयोजनाको पैसा मागेपनि गण्डकीले पाउन सकेको थिएन । ‘पहिले अर्थशास्त्र मात्र बुझेको मन्त्री हुनुहुन्थ्यो । त्यसैले गाह्रो भयो,’ गुरुङले थपे, ‘अहिले राजनीति पनि बुझ्नुभएको अर्थमन्त्री हुनुहुन्छ । प्रदेशमा अव पैसा आउँछ ।’ यि आयोजना संघ सरकारबाट हस्तान्तरण भएर आएका मात्रै हुन् । बाँकी प्रदेश सरकारले नियमित काम गरिरहेको छ । अबको २ बर्षभित्र प्रदेशमा एक घर एक धारा अभियान पूरा गर्ने र सबै पालिका केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने प्रदेश सरकारको घोषणा छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१