गण्डकी प्रदेशमा चैतदेखि असारसम्म २७ अर्व नोक्सानी भयो । मासिक ७ अर्व हाराहारीका दरले अर्थतन्त्र कमजोर हुँदै गयो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रत्येक सार्वजनिक बक्तब्यमा नोक्सानीको फेहरिस्थ सुनाईरहेका हुन्छन् । उनकै शब्द सापट लिने हो भने गण्डकी प्रदेशको अर्थतन्त्र निकै कमजोर छ । अर्थतन्त्रले थिलथिलो भएकै बेला गण्डकीका स्थानीय जनप्रतिनिधिलाई तलबभन्दा दोब्बर महंगो भत्ता र सुविधा दिने विधेयक पास भयो ।
कोरोना संक्रमण बढेपछि सरकारले जारी गरेको लकडाउनकै बीचमा सुविधा सम्बन्धि विधेयक पास भएको हो । हालसम्म सबै स्थानीय जनप्रतिनिधिले विधेयकमा तोकिएअनुसारका भत्ता र सुविधा बुझिसके । त्यतिमात्रै होईन, सोही समयमा तलव र भत्ता समयसापेक्ष बनाउने भन्दै सबै पदाधिकारी र सदस्यहरुको तलव स्केल बढाईयो ।
संसदमा जनताको जिउधनको रक्षा गर्नुपर्ने माग सबै सांसदले सरकारसँग राखिरहे । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको लागि विनियोजित रकम समेत कोरोना कोषमा खर्च गर्न उनीहरुको आग्रह थियो । केहि सांसदहरुले भत्ता र सुविधा नलिने घोषणा पनि गरे । कोभिडको उपचार गर्ने खर्च सरकारसँग नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना संक्रमितको परीक्षण र उपचार आफैले गर्नुपर्ने निर्देशन दिएको छ । सुविधाको रकम कोरोनाको रोकथाम र उपचारमा खर्च गर्न सुझाएका सांसदले आफ्नो दशैं खर्च भने बुझेका छन् । टाट पल्टिएको अर्थतन्त्र लिएर हिडिरहेको प्रदेशका सांसदलाई दशैं खर्च बापत लाखौं रुपैयाँ भत्ता खातामा पठाईएको हो ।
सभामुख, उपसभामुख, सांसद र उनीहरुका स्वकीय सचिवलाई एक महिनाको तलव बराबरको रकम खातामा जम्मा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐनमा सभामुखको मासिक पारिश्रमिक ६१ हजार ४ सय ८०, उपसभामुख र विपक्षी दलका नेतालाई ५८ हजार, दलका प्रमुख सचेतक र समितिका सभापतिहरुलाई ५६ हजार ८ सय ४०, सचेतकलाई ५४ हजार र सांसदहरुलाई ५२ हजार रुपैयाँ छ । सभामुख, उपसभामुख र सांसदहरुलाई एकमुष्ट २७ लाख ४ सय ८० रुपैयाँ दशैं भत्ता दिईएको सहायक लेखापाल तुलसीराम आचार्यले जानकारी दिए । मन्त्रीहरुका तलव भने सम्बन्धित मन्त्रालयले नै दिनेछ । सांसदहरुले चालू बर्ष लागेपछि बैठक भत्ता समेत माग गरिसकेका छन् ।
बर्खे अधिवेसनकै असारअघि २० लाख भन्दा बढी बैठक भत्ता दिईएको छ । जेठ ११ देखि असार २९ सम्म दुई किस्तामा २० लाख १४ हजार उपलब्ध गराईएको हो । सांसद र पदाधिकारीका स्वकीय सचिवलाई समेत चाडपर्व खर्च दिईएको छ । स्वकीय सचिव र करारका कर्मचारीको खातामा थप १३ लाख ९९ हजार रुपैयाँ जम्मा गरिएको आचार्यले बताए । सबै सांसदले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने ब्यवस्था छ । अधिकांश सांसदहरुले आफन्तलाई नै स्वकीय सचिवमा भर्ति गरेर सबै सुविधा बुझ्दै आएका छन् ।
कांग्रेसको यातायात खर्च कोरोना कोषमा
कांग्रेसले चाहिँ कोरोना संक्रमण अवधीको सबै यातायात खर्च कोरोना कोषमा जम्मा गरिदिएको छ । यसअघि संसदीय दलको बैठकबाटै निर्णय गरेर यातायात खर्च नलिने घोषणा गरेको प्रबक्ता प्रकाशचन्द्र दवाडीले बताए ।
संसद बैठक चलेको दिन सांसदहरुलाई ७ सय ५० का दरले यातायात खर्च उपलब्ध गराउँदै आएको छ । कांग्रेसका सांसदको यातायात खर्च बापत प्राप्त हुने २ लाख ६ हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरिएको हो । कांग्रेस सांसद एवं सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले पनि संसदबाटै घोषणा गरेर सरकारले दिएको गाडी, सवारी चालक, बैठक भत्ता, सञ्चार सुविधा, विजुली, दैनिक भ्रमणभत्ता, यात्रा विमा र निजी सचिवालय बन्दोबस्त खर्च त्यागेका थिए ।
मन्त्रीहरुको भत्ता तयारी अवस्थामा
७ मन्त्रालय रहेको गण्डकीका मन्त्रीहरुलाई ४ लाख ३० हजार भन्दा बढी दशैं भत्ता दिन ठिक्क पारिएको छ ।
ऐनअनुसार मुख्यमन्त्रीलाई ७० हजार र मन्त्रीहरुलाई ६० हजारका दरले मासिक तलव तोकिएको छ । उनीहरु प्रत्यकले स्वकीय सचिव राखेका छन् । एकजना अधिकृत र अर्का एकजना नायव सुब्बा सरहको स्वकीय सचिव उनीहरुले पाएका छन् ।
स्वकीय सचिवलाई ४ लाख ४८ हजार भन्दा बढी भत्ता दिनुपर्छ । मन्त्री र स्वकीय सचिवलाई ८ लाख ७८ हजार भत्ता खातामा हाल्ने तयारी गरिएको लेखा अधिकृत रामबहादुर मगरातीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१