पोखरा । पोखरा–३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबारदेखि सुरु भएको छ ।
कालिकास्थानमा प्रधानकार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिम दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो ।
कार्यक्रमको वडाध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्दै शेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे । सहकारीप्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा समेत जोड्ने लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि वडातर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई यस अवस्थासम्म ल्याइपुर्याउने सबैप्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वास आगामी दिनमा अझै बलियो बनाउने गरी क्रियाशील हुने बताए । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरा दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको उनले जानकारी दिए ।
सहकारीका सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र यज्ञप्रसाद अधिकारी (ठूला)ले शेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित कृयाशिल बन्न आग्रह गरे ।
संस्थाका सचिव यज्ञप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कंडेलले स्वागत र शिक्षा समिति संयोजक निर्मल आचार्यले सहकारीका सिद्धान्त वाचन गरेका थिए ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार २ हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ ।
सहकारीले प्रधानकार्यालय कालिकास्थानसहित पोखरा–३३ कै लामगादी र पुँडीटार, पोखरा–८ न्यूरोड एवम् पोखरा–२९ भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१