पोवि उपकुलपति अर्यालद्वारा पदभार ग्रहण

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७७
prem narayan aryal

पोखरा, १९ असोज । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आफू नीतिनियमभित्र बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार पदभार ग्रहण पछि पोखरा विश्वविद्यालयका कर्मचारी र प्राध्यापकले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राडा अर्यालले सो कुरा बताएका हुन्।

लामो समयसम्म रिक्त उपकुलपति पदमा आफू नियुक्त भएर आउने दिनमा नै विश्वविद्यालयको अवस्था र गर्नुपर्ने कार्यतालिका तयारीमा आफू रहेको उनले बताए।

कार्यक्रममा पोवि कर्मचारी संघ अध्यक्ष शिवराज पण्डित, प्राध्यापक संघ अध्यक्ष हेमराज पाण्डे, स्कूल अफ विजनेसका डिन प्राध्यापक हरिबहादुर खड्का, पोवि सेवा आयोग अध्यक्ष रघुनाथ अधिकारी, सदस्य हरि त्रिपाठी, कर्मचारी तारा सापकोटा लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width