जन्मदिनमा ४० को दशक फर्के तिमल्सेना

असफल गौतम
असाेज १६, २०७७
yatra

कसैको तालुमा आलु फल्छ
कसैको तालुमा आगो बल्छ
कारण
चोरुवा सर्टिफिकेट लिएको गुण्डा
मन्त्री भएर झण्डा हल्लाउँछ
शास्त्रीय अध्ययनले
गिदी पकाएको शिक्षक
गल्ली–गल्ली टुप्पी हल्लाउँदै
अपमानको आशु निलेर हिँड्छ ।

प्रस्तुत कविताका पंक्ति वर्तमान सुहाउँदा छन् ।

लोकतन्त्रपछिको नेपालमा शास्त्रीय अध्ययनले गिदी पकाएकाहरू गल्ली–गल्ली टुप्पी हल्लाउँदै हिँडेका छन् ।

जनताको जनचाहनाले रुचाइएकाहरु कानूनले रोकिन्छन् तर चोरुवाहरु पाइराखेको एउटा कुर्चीबाट राजीनामा दिएर अर्को कुर्चीमा आसन सारिराखेका छन्, तिनैको भाग्य चम्किरहेको छ ।

तर यी कविताका बान्की वर्तमानका नभए तापनि वर्तमान जस्तै छन् । जसलाई तिमल्सेनाले २०३८ सालमा लिपिवद्ध गरेका थिए । यसबाट प्रष्ट हुन्छ आजमात्र होइन हिजो पनि यस्तै–यस्तै थियो यहाँको शासन व्यवस्था ।

पछिल्लो समय जन्मदिन मनाउने विभिन्न परम्परा स्थापित हुँदै छन् । यसै सन्दर्भमा प्राडा पशुपतिनाथ तिमल्सेनाले यिनै कविताका बान्कीमा खान्की मिलाएर आफ्नो जन्मदिन मनाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट सेवा निवृत्त तिमल्सेनाले ४० को दशकदेखि लेखिएका ४० कवितालाई सङ्गृहीत गरी हाम्रो यात्रा कृति प्रकाशन गरेर जन्मदिन मनाएका हुन् ।

केही दिन अगाडि मात्रै ३० को दशकमा लेखिएका कविताको कृति खोजखाज बजारमा आएको थियो । जुन सङ्ग्रहमा तिमल्सेनाले २०३२ देखि २०३७ को अवधिमा लेखिएका ३७ कवितालाई सङ्गृहीत गरेका थिए ।

जनकवि युद्धप्रसाद मिश्र, प्रगतिवादी कविता : मान्यता र प्रवृत्ति, स्वच्छन्दतावादी कविता : मान्यता र प्रवृत्ति, युद्धप्रसाद मिश्र र उनका कविता, नेपाली कविताको विवेचना, खोजखाजलगायतका कृति प्रकाशित गरिसकेका तिमल्सेना पछिल्लो समय समीक्षा, समालोचनामा क्रियाशील छन् ।
कविता रुचिको विषय नबने पनि बन्दाबन्दीलाई सदुपयोग गर्दै लेखिएका कविता खोजखाज गर्दै जाँदा दराजमा थन्केका केही थान कविता पाठकको दराजमा पुर्याएको उनको दावी छ । उनको साधनाको सम्मान गर्दै उनलाई विभिन्न सम्मान पुरस्कार प्राप्त भएका छन् ।

२०१३ आश्विन १६ गते दुराडाँडा लमजुङमा पिता चन्द्रकान्त र माता देवकीको कोखबाट जन्मेका तिमल्सेनाले चीन, अमेरिका, भारत, युएइ, थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका देशको भ्रमणसमेत गरिसकेका छन् । विभिन्न पत्रपत्रिका र कृति सम्पादनको अनुभवसमेत रहेका तिमल्सेना पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…

hero news full width