पार्टी एकता मजबुत बनाऔँ : करण

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७७
nekapa

शपथ ग्रहण गराउँदै जिल्ला इञ्चार्ज राजकाजी गुरुङ। तस्वीर : आदर्श समाज ।

हेमजा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकामा सम्पूर्ण वडा कमिटीको शपथ ग्रहण भएको छ ।

शुक्रवार ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले शपथ ग्रहण गरेका हुन् । यसअघि बिहीबार वडा १ देखि ४ सम्म शपथ भएको हो ।

शुक्रवार नयाँपुलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् कास्की इञ्चार्ज राजकाजी गुरुङ करणले पार्टी एकतालाई मजबुत बनाउनुपर्ने बताए । कसैको दबाबले भन्दा पनि राजनैतिक आवश्यकताले पार्टी एकता भएको स्पष्ट पार्दै इञ्चार्ज करणले एकीकरण मर्मलाई आत्मसाथ गर्न आग्रह समेत गरे।

केन्द्रीय सदस्य एवम् कास्की सहइञ्चार्ज चूडामणि जंगलीले माक्र्सवाद तथा लेलिनवाद पार्टीको मुख्य सिद्घान्त रहेको अवगत गराए ।

त्यस्तै केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टी नीति, सिद्घान्त अनुसार चल्नुपर्नेमा जोड दिँदै नेकपालाई असल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्ता तहदेखि नै लाग्नुपर्ने भनाइ राखे।

सो कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेल, प्रदेशसभा सदस्य राजीव पहारी, जिल्ला सदस्यद्वय दामोदर बैरागी र भीमबहादुर विक, पोखरा महानगर कमिटी अध्यक्ष दीपक पौडेल, स्थानीय नेता बुद्घिमान् गुरुङ लगायतले शुभकामना राखेका थिए।

गाउँ कमिटी अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कमिटि सदस्य अर्जुन केसीले स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै