पोखरा–३०, ढुंगेपाटनमा क्रियाशील लालीगुराँस एजु आमा समूहले सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको छ ।
रुकुम पूर्वदेखि पोखरा–३० मा डेरा गरी बस्दै आएकी सुत्केरी टेकमाया बुढामगरलाई बिहीबार आमा समूहले स्थानीय जातको कुखुराको भाले, घ्यूलगायतका खाद्यान्न सामग्री, जिन्सी र नगद सहयोग गरेको आमा समूहकी सचिव पुष्पा पुनले जानकारी दिइन् ।
ज्याला मजदुरी गर्दै गुजारा चलाएका परिवारले कोभिड–१९ महामारीका कारण छाक टार्नसमेत मुस्किल भएपछि सुत्केरी र नवजात शिशुको स्वास्थ्यको ख्याल गर्दै आफूहरूले सुत्केरीलाई सहयोग गरेको आमा समूहकी अध्यक्ष दीक्षा पुनले बताइन् ।
अध्यक्ष पुनले आमा समूहको यस अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिइन् ।
नागरिक परोपकार समन्वय समिति, पोखरा–३० को समन्वयमा सुत्केरी बस्ने डेरामै पुगी नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुन, आमा समूहकी अध्यक्ष दीक्षा पुन, सचिव पुष्पा पुन, मीनु पुनलगायतको टोलीले सो सामग्री सहयोग गरेको हो ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१