पोखरा । कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधन भएको छ ।
दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित मान्डू जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा फेला परेको हो ।
काठमाडांै महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनको मंगलबार बिहानै शव फेला परेकोमा जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै मुश्किल भएको थियो । साँझ बल्ल शव निकालेर राति परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएकोमा बुधबारमात्र सनाखत भएकोे हो । अपराध अनुसन्धान महाशाखा काठमाडौँले बानियाँको परिवारलाई तस्वीर देखाएपछि परिवारले शव पुष्टि गरेका थिए ।
उनी पछिल्लो समय काठमाडौं बल्खुचोकमा सोमबार करिब पौने ४ बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले देखेपछि सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्यधिक वहाबले उद्धारमा कठिनाइ भएको स्थानीयले बताए । त्यसबेलासम्म उनी बलराम बानियाँ हुन् भन्ने खुलेको थिएन ।
घटनास्थलमा जुत्ता भने फेला परेको थियो । खोला किनारमा भेटिएको जुत्ता छोरीले पहिचान गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । छोरी सुस्मिताले सिसी टिभी फुटेज हेरेपछि बानियाँलाई वाग्मतीले बगाएको पहिचान खुलेको थियो ।
दुई दिनदेखि घर नफर्र्किएपछि परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो ।
एक दशक बढी समयदेखि कान्तिपुरमा कार्यरत बानियाँ केही समय नागरिक पत्रिकामा पनि काम गरेका थिए । बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् । विसं २०२७ जेठ १५ गते तनहुँ जिल्लाको भानु नगरपालिकामा जन्मिएका बानियाँ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ सुविधानगरमा बस्दै आएका थिए । उनी नेपाल पत्रकार महासङ्घका पूर्व सचिवसमेत हुन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१