जनता समाजवादी पार्टीले महानगरपालिकालाई ध्यानाकर्षण गरायो

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७७
psp 1

जनता समाजवादी पार्टीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ।

जनसवाल, जनसरोकार, सुशासन, समृद्धिका निम्ति र अनियमितता अन्त्यका लागि जनता समाजवादी पार्टी पोखरा महानगर समितिले शुक्रवार १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एकदिन अघि नै समय उपलब्ध गराएर पनि अनुपस्थितिका कारण महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई जसपा महानगर समिति अध्यक्ष टीकाराम पौडेलले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पोखरा प्रकृति र संस्कृतिले सुन्दर भए पनि अति राजनीतिकरण, दोहन गर्ने मानसिकता भएका जनप्रतिनीधि, कर्मचारी र उनीहरुसँगको मिलीमतोमा हुने गरेका अनियमितता अन्त्य नगरेसम्म पोखरा स्मार्ट कहिलै बन्न नसक्ने अध्यक्ष पौडेलले बताए ।

मेयरले समय दिएर पनि अनुपस्थित रहनुले जसपालाई अपमान गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्दै कामै परेको भए पनि एक कल फोन गर्दा हुन्थ्यो भने ।

प्रमुख प्रसाशकीय अधिकृत महेश बरालले ग्रहण गरेको पत्र महानगर प्रमुखलाई बुझाउने माध्यम मात्र आफु बन्ने, प्रमुखका निर्णयलाई आफुहरुलाई सघाउने बताए ।

जसपाको १४ बुँदे ध्यानाकर्षणपत्रमा महानगरका ठेक्का, टेण्डर, राजश्वसँग सम्बन्धित अनियमितताको तत्काल छानबिन गरी दोषीलाई कारवाही र राजश्व असुली गर्नुपर्ने, कोभिड १९ महामारीका बेला महानगरले स्थापित विपद व्यवस्थापन कोषको पारदर्शिता, विद्यालयहरुबाट क्वारेन्टाउन हर्टा पठनपाठनको वातावरण बनाउनुपर्ने, पार्किङ व्यवस्थापन,फेवा लगायतका ताल तलैया संरक्षण गर्नुपर्ने उल्लेख छ।

यसरी नै विकास निर्माणमा राजनीतिकरणको अन्त्य, असारे विकास होइन वैशाख मसान्तरमा निर्माण सम्पन्न गर्ने प्रावधान, सडकका खाल्डाहरु २४ घण्टाभित्र मर्मत, कर्मचारीलाई प्रविधीमैत्री र आवाश्यकलाई तत्काल स्थायी गर्नुपर्ने, अतिक्रमित संरचना हटाई दीर्घकालिन मापदण्ड कायम, महंगी नियन्त्रण र मूल्यसूची व्यवस्था, पोखराभित्रका नदिखोलाहरुमा करिडोर निर्माण, वास्तविक सुकुम्बासी पहिचान गरी निश्चित स्थानमा अर्पाटमेण्ट निर्माण गरी बसोबास व्यस्थित गर्नुपर्ने, वडा कार्यालयहरु संचार र प्रविधीमैत्री, फोहोर मैला व्यवस्थापन एवम चार पाँच स्थानमा भेक मिल्ने गरी ल्याण्डफिल्ड साइट निर्माण, बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न महानगरलाई ध्यानाकर्षण गरेको छ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width