पोखरा-काँडे गाडी चलेनन्

श्रीभद्र पौडेल
श्रावण १४, २०७७
pokhara hemja kada gadi

हेमजा ।सरकारले लकडाउन खुलाएपनि पोखरादेखि हेमजा हुँदै काँडेसम्म चल्ने सार्वजनिक बसमा यात्रा गर्न नपाउँदा स्थानीयले सास्ती भोगेका छन्।

कतिपय स्थानीयहरु लकडाउनमा जस्तै हिँडेर गन्तव्यतर्फ जाने गरेका छन् भने कतिपयले महङगो शुल्कमा ट्याक्सी रिजर्भ गरी जानुपर्ने बाध्यता छ।

बाटोको दुरवस्था रहेको भन्दै बस चलेका छैनन् । हेमजा सुइखेतस्थित अम्विका माविदेखि घट्टेखोलासम्म बाटोकै कारण सवारी गुडाउने अवस्था नभएको ग १ ख ७०८७ नं. को वसका चालक दुर्गाकुमार गुरुङले बताए ।
बाटो हिलाम्य छ, खाल्टाखुल्टीको त कुरै नगरौ, दिनदिनै गाडीको पट्टा भाचिने सम्भावना छ, लकडाउनका कारण गाडीका पाटपुर्जा पनि विग्रेका छन् उनले गुनासो पोखे।

सोही वसका सहचालक गोपाल गिरीले वाटो सहज भए आफूहरु काँडेसम्म जान तयार रहेको स्पष्ट पारे ।महिनामा १०÷१२ दिन काँडे जाने पालो पर्थे, अहिले जानसक्ने अवस्था छैन, ठाउँसम्म जान पाए पो कमाई हुन्थ्यो उनले भने ।

यता अन्नपूर्ण गाउँपालिकावासीले उक्त रुटमा गाडी चल्नुपर्ने बताए ।बिग्रेको बाटो तत्काल ठेकेदारले बनाइदिनुपर्दछ, सवारी धनीले पनि विभिन्न बहानावाजी बनाउनु हुँदैन, सर्वसाधारणलाई नागडाँडा, पोखरा आउजाउ गर्न अत्यन्तै कष्टकर भएको अन्नपूर्ण ३ काँडेका गुरुदत्त भारती सुनाए।

यसैबीच ठेकेदार शर्मा एण्ड कम्पनीका परियोजना व्यवस्थापक राजु रानाभाटले अविरल वर्षा, सडक बीच रहेका विधुत् पोल र फाइपलाइन फुट्ने समस्याका कारण सडक निर्माणमा असहजता भइरहेको बताए। वर्षायामलाई लक्षित गरी एक चरणमा बाटो सहज बनाएका थियौं, त्यो घेरैसमयसम्म टिकेन उनले भने ।

बाटोको कारण देखाउँदै त्यस क्षेत्रमा साना सवारी साधन भने पोखराबाट सराङकोट, कास्कीकोट, नागडाँडा हुँदै दैनिक आउजाउ गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width