पोेखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले प्रदेशभित्र भएका सामुदायिक होम स्टे साउन १५ गतेदेखि संचालन गर्न माग गरेको छ।
कोरोना भाइरस (कोभिड–१९ ) प्रकोप न्यूनीकरण गर्न सरकारकाले चैत ११ देखि लकडाउन गरी साउन ७ बाट खुला गरेकोमा साउन १५ देखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई पर्यटकीय क्षेत्रका व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त भएकाले होमस्टेहरु पनि संचालन गर्न दिनुपर्ने भिटोकको माग छ ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले मंगलबार विज्ञप्ति जारी लकडाउनको पूर्ण पालना गरेकोमा होमस्टे संचालकहरुप्रति आभार व्यक्त गर्दै सुचारुपश्चात पनि आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखी प्राकृतिक प्रकोप जोखिमबाट सुरक्षित बनी भीडभाड नगरी सेवा सुचारु गर्नु हुन आग्रह गरेका छन् ।
साथै विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान अवस्थामा गण्डकी प्रदेशभर सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक होमस्टेहरुबाट प्रदान गरिँदै आएका पर्यटकीय सेवा उच्च सतर्कता अपनाई सुचारु गर्न भिटोफ नेपाल गण्डकी प्रदेश ध्यानाकर्षण गराउँदछ ।’
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१