कम्युनिष्ट संस्थापक पुष्पलालको योगदानको चर्चा

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
puspa 3

पोखरा, ७ साउन । नेकपा गण्डकी प्रदेशका सह–इन्चार्ज एवं संघीय सांसद खगराज अधिकारीले कम्युनिष्ट आन्दोलनमा सबैभन्दा ठूलो शत्रु गुटबन्दी भएको बताएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेकपा कास्कीद्वारा बुधवार पोखरामा आयोजित नेपाली कम्युनिट आन्दोलनमा पुष्पलालको योगदान बिषयक प्रवचन कार्यक्रममा बोल्दै अधिकारीले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई नै सिध्याउने भएकाले कम्युनिष्ट एक ढिक्का भएर अगाडि वढ्न सुझाब दिए ।

पार्टीभित्र बसेर गलत चिन्तन शैली बोक्न छुट छैन, पार्टीको विचार र चिन्तन अनुसार नै ८ लाख सदस्य अगाडि बढौ, नेतृत्वलाई गलतबाटोवाट हिड्न रोकौ, नेता अधिकारीले भने । पार्टी बिचारबाट अगाडि वढ्नु पर्छ, गुटबन्दीमा हैन, अधिकारीले भने–पुष्पलाल राजनीतिक व्यतित्व मात्र नभई उनी अर्थशास्त्री पनि भएको बताए । उनी निरन्तर नेपाली जनताको सेवामा समर्पित भए, उनले सधै सादा जीवन बिताए, अहिलेका जनप्रतिनिधि सुख्ख सुविधामा लागेका छन् त्यस्तो सुबिधा छाडेर निरन्तर जनसेवामा सक्रिय हुन उनले सुझाए ।

नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङले पुष्पलालको बिचारलाई अगालेर पार्टी अगाडि वढ्नु पर्नेमा जोड दिएका छन् । पुष्पलालका बिचार अझै सान्दर्भिक भएको भनाई उनको छ । ४२ औं स्मृति दिवसकै अवसरमा पोखरा–७ नुवारथोक स्थित पुष्पलाल पार्कमा रहेको पुस्पलालको शालिकमा माल्यार्पण गरिएको थियो । पुष्पलाल स्मति प्रतिष्ठान कास्कीले पुष्पलालको सम्झनामा स्मृति सभा गरेको हो । प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इन्चार्ज श्रीनाथ बराल र अर्का केन्द्रीय सदस्य चुडामणि जंगली थिए । बरालले पुष्पलालको विचार र बाटोलाई अगाल्दै नेकपा अगाडि वढ्नु पर्ने बताए ।

नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधिनताको आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरु अविस्मरणीय बताइन्छ । वि.सं.२००५ सालमा विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गरेका कमरेड पुष्पलालले आफ्ना सहयोद्धाहरुसँग मिलेर २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • एमाले वडा कमिटी २१ को पदस्थापन

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । नेकपा (एमाले) पोखरा–२१ वडा कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पदस्थापन समारोह सम्पन्न भएको छ । एमाले केन्द्रीय सदस्य…
  • एकीकृत समाजवादी गण्डकीमा नेपाली

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट कृष्णबहादुर नेपाली अध्यक्षमा निर्वाचित भएका छन् । पोखरामा २ दिनसम्म चलेको…
  • ‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । त्रिभुवन विश्वविद्यालय परिसरमा प्रहरी कार्यालय खडा गरिएपछि त्यसको विरोध भएको छ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति,…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा सवारी हुने भएको छ । यही २७ माघमा उनी पोखरा आउन लागेका हुन्…

hero news full width