बागलुङमा सहकारीले ल्यायो एटीएम सेवा

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
IMG_1608

बागलुङ, २७ असार । विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएको समयमा बागलुङको एक सहकारी संस्थाले आफ्नो शेयर सदस्यलाई बैंक तथा वित्तीय संस्थाले दिने सुविधा प्रदान गर्न सुरूवात गरेको छ ।

बागलुङ जिल्लामा सबैभन्दा बढी शेयर सदस्य भएको सिवाइसी सहकारी संस्थाले युवा पुस्तालाई सहकारी संस्थामा आकर्षित गर्ने उद्देश्यले धौलागिरि अन्चलमै पहिले एटीएम सेवा संचालन गरेको छ । एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले उद्घाटन गरेका थिए । वित्तीयसँगै प्रविधिको विकासमा सहकारीले मारेको फड्को प्रसंसा योग्य रहेको भन्दै ढुङगानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको वताए ।

सहकारीका सदस्यलाई आर्थिक भुक्तानी सहज गराउने उद्देश्यले एटीएम सेवा सञ्चालन गर्नु सुखद पक्ष रहेको भन्द्र सिवाईसीले ल्याएको सदस्य मैत्री सेवा अन्य सहकारीले सिको गर्नुपर्ने वताए ।कोरोना भाइरस कोभिड १९ को कारणले सारा विश्व आक्रान्त बनिरहेको बेला सहकारी संस्थाले शेयर सदस्यलाई सहकारी मार्फत हुदै आएको आर्थिक काम कारोवार गर्न अझै सहज होस भनेर एटीएम सेवा सुरू गरेको सिवाइसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए ।

कार्यक्रममा ,राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हुमा कुमारी जिसीले सहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सक्नुपर्ने धारणा राखे । कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी ,जिल्ला सहकारी संघ का अध्यक्ष दीपक गौतमले बैंक तथा वित्तीय संस्थाले सहकारीहरूको नकारात्मक प्रचारप्रसार गरिरहेको समयमा बागलुङको सहकारीले बैंकले दिने सेवा सुविधा दिनु सकारात्मक पाटो भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width