बगनासकालीको सातौं गाउँसभा, ४५ करोड बजेट विनियोजन

भोजराज भट्टराई
असार १२, २०७७
Palpal

पाल्पा । बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले आर्थिक वर्ष २०७७/७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ रुपैयाँ बराबरको बजेट पास गरेको छ ।

गाउँपालिकाले आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७ साथै २५ विभिन्न शीर्षकका नीतिगत निर्णय सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।

आर्थिक विधेयकमा सम्पत्ती कर, भूमि कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, जडिबुटी कवाडी र जीवजन्तु कर, मनोरञ्जन कर, बहाल विरौटी शुल्क पार्किङ शुल्क, लगायतका १६ शीर्षकमा छलफलसहित पारित भएको हो ।

यस्तै, विनियोजन विधेयकमा ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/७८ को निमित्त बगनासकाली गाउँपालिकाको गाउँ कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यक्रमहरूको निमित्त विनियोजन गरिने जनाइएको छ । यस्तै चालु तथा पूँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने गरी विनियोजन विधेय पारित भएको छ ।

गाउँपालिकाको कूल बजेटमध्ये कोभिड–१९ लाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ । जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ भन्ने मान्यता आत्मसाथ गर्दै कोभिड– १९ को संक्रमणबाट बचाउन, संक्रमितलाई उपचार गर्ने दायित्व बढेको भन्दै पालिकाले महामारी रोकथाम नियन्त्रण राहत, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, संक्रमित बिरामीको उपचार लगायत अन्य विपद् व्यवस्थापनलाई सम्बोधन गर्ने गरी १ करोड विनियोजन प्रस्ताव गरेको छ ।

यस्तै कोरोना भाइरस संक्रमणको संवेदनशील अवस्था मध्यनजगर गर्दै स्वास्थ्यतर्फ ४५ लाख, बगनासकाली गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने अभियानलाई आव २०७७/७८ भित्रै मूर्तरुप दिन गत वर्षको अल्या रकमसहित यस वर्ष ५५ लाख विनियोजन गरिएको उपाध्यक्ष चिदिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा औंलाए ।

गाउँपालिकाले कृषि विकासतर्फ समानिकरण बजेटबाट ५८ लाख ५० हजार र पशु विकास तर्फ ३१ लाख ५० हजार विनियोजन प्रस्ताव गरेको छ । कृषि र पशुमा गरिने लगानीबाट गाउँपालिकाले रोजगार सिर्जना भई आत्मनिर्भरतर्फ उन्मुख हुने अपेक्षा गरेपनि अपेक्षित बजेट विनियोजन गर्न सकेन ।

युवाको लागि रोजगारी सिर्जना गर्न बैंक मार्फत साझेदारी गरी स्वरोजगरी अभियान संचालन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन युवा स्वरोजगार कोषतर्फ २९ लाख विनियोजन गरिएको छ ।

यस्तै खानेपानी लिफ्टिङ अनुदान विद्युत् महसुल अनुदान ४० प्रतिशत उपभोक्ता समितिलाई उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको र लिफ्टिङ खानेपानी आयोजनाका मोटर बिग्री मर्मत नहुने अवस्था सिर्जना भएमा खरिद गर्न ६० प्रतिशत रकम अनुदान उपलब्ध गराउनको लागि रकम विनियोजन प्रस्ताव गरिएको छ ।

नयाँ के छ ?

आगामी आवमा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाहरूको स्याहारसम्भार र शिक्षाको निम्ति मासिक १ हजार दरले राहत रकम उपलब्ध गराउन बालमैत्री कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको छ । यस्तै पवित्र तीर्थस्थल राम्दीमा जन्मदेखि मृत्यु संस्कारसम्म उपयोगी हुने स्थायी संरचना निर्माणका लागि तानसेन नगरपालिका लगायत अन्य पालिका समेत साझेदारी हुने राम्दीघाट व्यवस्थापनमा लागि १५ लाख विनियोजन गरिएको छ ।

थोरैमात्र परम्परागत कार्यक्रम

बजेटमा विगतका अधुरा योजनाहरूलाई पूरा गर्नेगरी प्राथमिकता दिई बजेट विनियोजन गरिएको, वडाहरूबाट आवश्यकता पहिचान भई आएका बजेट विनियोजन भई प्रस्ताव भई आएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई निर्णयार्थ सभामा स्वीकृतिका लागि प्रस्ताव गरिएको र शिक्षा स्वास्थ्य, पर्यटन, युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा सञ्चार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाती, अपाङ्ग, सीमान्तकृत बोटे र कुमाल जातिलाई परम्परागत शैलीमा बजेट विनियोजन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width