जन्मदिनमा राहत

आदर्श समाज सम्वाददाता
असार १२, २०७७
Rahat

पोखरा । आफ्नो नातिको जन्मदिन पारेर काउलेपानी परियार समाजका अध्यक्ष थमन परियारको परिवारले विपन्न वर्गका मानिसलाई राहत सहयोग गरेको छ ।

कोरोना संक्रमणको कारण लकडाउनले गर्दा अफ्ठेरोमा परेका पोखरा–२२, काउलेपानीस्थित ३२ घरपरिवारलाई सो सहयोग गरिएको हो ।

जसमा प्रत्येक घरपरियारलाई १ बोरा चामल, २ किलो दाल, १ किलो नून र आधा लिटर तेल राहत बाँडिएको परियारले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post