साओपाओलो, ११ असार । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ ।
सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको छ । बुधबार मात्र यहाँका १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँ ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेतगरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ ।
बुधबारमात्र प्राप्त भएको समाचारमा ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ८८ हजार ६३१ जना पुगेको छ । सो कुरा ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो ।बुधबारसम्मको जानकारी अनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो ।
ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँमात्र बुधबार ९ हजार भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा पर्दछ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१