तनहुँमा थप १७ जनामा कोरोना

आदर्श समाज सम्वाददाता
असार ५, २०७७
Covid positive

तनहुँ , ५ असार । तनहुँमा थप १७ जनामा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार तनहुँको घिरिङ गाउँपालिका ३ महिला र १४ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट फर्किएका उनीहरु सबै सीमाक्षेत्रबाट उद्धार गरिएका नागरिक हुन् । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २७, २४, २९ वर्षीया ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समूहका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width