पूर्वी नवलपरासीमा दुई जना स्वास्थ्यकर्मीमा आरडिटी रिपोर्ट पोजिटिभ

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
corona-5

नवलपरासी, १० जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा दुई जना स्वास्थ्यकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले ती दुई जनासँगै काम गर्ने अन्य १४ जना स्वास्थ्यकर्मीहरुको समेत गरी १६ जनाको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि पोखरा पठाइएको छ ।ती स्वास्थ्यकर्मीहरु अहिले सुरक्षित रुपमा रहेको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताए ।

उनीहरुको रिपोर्ट आइतबार साँझ सम्म आउने जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए । त्यसैगरी विनयी त्रिवेणीमा शुक्रबार संक्रमित भेटिएका १ जनासँग सँगै क्वारेन्टीनमा रहेका ६ जनाको स्वाब पिसिआर रिपोर्ट परीक्षणको लागि भरतपुर कोरोना विशेष अस्पताल पठाइएकोमा उनीहरुको पिसिआर आइतबार साँझ सम्म रिपोर्ट आउने चापागाईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width