मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पिसिआर नेगेटिभ

रासस
जेठ १०, २०७७
100745826_3699874823409021_8446603467383898112_n

पोखरा, १० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सातै जनाको कोभिड–१९ जाँचका लागि गरिएको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही जेठ ११ गतेका लागि आह्वान गरिएको गण्डकी प्रदेशसभाको बैठकअघि सम्भावित कोरोना सङ्क्रमणको अवस्था जान्नका लागि मङ्गलबार सरकारका मुख्यमन्त्री, मन्त्री, सचिव, कर्मचारीलगायत १४६ जनाको स्वाब सङ्कलन गरिएकामा सबैको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी बजेट अधिवेशन शुरु हुनुअघि सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी तथा प्रदेशसभा सदस्यका स्वकीय सचिव गरी बुधबार ११२ र शुक्रबार थप ४७ जनाको पिसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको थियो । उनीहरुको नतिजा आइसकेको छैन ।

हालको प्रदेशसभा भवन साँघुरो भएकाले सामाजिक दूरी कामय गर्न कठिनाइ भएपछि प्रदेशसभाको बैठक पोखरा सभागृहमा बस्न लागेको छ । बैठकलाई लक्ष्य गरेर हाल सभागृहको मर्मत, रङगरोगन तथा सभाहलमा नयाँ कुर्सी जडानको काम भइरहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले बताए । प्रदेशमा हालसम्म एक हजार ५२० को पिसीआर विधिबाट परीक्षण गरिएकामा परीक्षणको दायरा वृद्धि गरेर तीनदेखि चार हजारसम्म पुर्याउने योजना रहेको स्वास्थ्य निर्देशनालयलका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये बागलुङका दुई उपचारपछि निको भएर घर फर्किसकेका छन् भने दुई जनाको चितवनको भरतपुरस्थित कोरोना अस्पताल र एक तीन वर्षीय बालकको काठमाडौँमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरको कार्यपालिकाको निर्णय खारेजीको माग गर्दै एमाले आन्दोलित

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । करार कर्मचारी हटाउने पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय खारेजीको माग गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु आन्दोलित…
  • दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।…
  • आजदेखि छठ पर्व  सुरु

    रासस कार्तिक २०, २०८१
    जलेश्वर । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै…
  • गण्डकीमा कहाँकहाँ घुम्ने ?

    रासस कार्तिक १९, २०८१
    गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन्…
  • पोखरामा भाइटीका महोत्सव

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८१
    पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं…

hero news full width