पोखरा । गण्डकी प्रदेश चीन र भारत दुवै देशलाई छुने गरी भूगोल मिलाइएको छ । तर दुवै मुलुकबाट प्रत्यक्ष आउजाउ हुँदैन । चीनतिरको सीमा सञ्चालनमै छैन ।
कोरोना नाका खुलाउन विस्तारै पूर्वाधार निर्माणको काम भैरहेको छ । चीनतर्फ भन्सार कार्यालय तयार भैसकेको छ भने नेपालतर्फ कुनै संचरना बनाइएको छैन । सीमा सुरक्षामा पनि खासै चासो पुगेको छैन । भारततर्फ जोडिने छोटी भन्सार अहिले प्रयोगमा छैन । पहिले यो भन्सारबाट धेरै सामान आयात गर्ने गरिएपनि अरु ठाउँमा पूर्वाधार राम्रो बनेपछि यो भन्सार सुस्ताएको हो ।
अघिल्लो वर्ष गण्डकी प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिले आफ्नो सीमानाको अवलोकन ग¥यो । अध्ययन प्रतिवेदन बुझाउँदै तत्कालै २ नाका खोल्न र पूर्वाधार निर्माण गर्न समितिले गण्डकी सरकारलाई सुझाव दियो । अहिलेसम्म अझै त्यसतर्फ पहल हुन सकेको छैन । सरकारले बजेटको तयारीस्वरुप सुझाव संकलन गर्दा अहिले पनि समितिले दुई वटै नाकामा सुविधासम्पन्न संचरना बनाउन र पूर्ण क्षमतामा खोल्न सुझाव दिएको छ ।
‘त्रिवेणीको नाका छोटी भन्सारको रुपमा थियो । अहिले थोरै मात्रामा सामान ल्याउन सकिने छ । यसलाई पूर्णरुपमा चलाउनुपर्छ,’ समिति सभापति कृष्ण थापाले भने, ‘उत्तरी नाकामा पनि चीनतिर पूर्वाधार बनिसकेको छ । नेपालको छैन । चीनको नाका चलाउँदा दक्षिणतिरको एकाधिकार तोडिन्छ । त्यसैले दुवै नाका हाम्रा लागि महत्वपूर्ण छन् ।’ कोरलादेखि पोखरा हुँदै डेढगाउँबाट सुस्ता जोड्ने सडक अहिले निर्माणाधीन छ । सडक तयार हुँदासम्म भौतिक संरचना पनि निर्माण गरिसक्नुपर्ने उनको सुझाव छ ।
समितिले बजेट निर्माण गर्दा प्राथमिकता छनौटमा ख्याल गर्न सुझाएको छ । ‘विगत वर्षजस्तो बजेट छुट्याउने तर कार्यान्वयन नहुने अवस्था रहनु हुँदैन । परम्परावादी निरन्तरता भैरह्यो । बैशाख लागेपछि बजेट खर्च गर्ने शैली अन्त्य गरिनुपर्छ,’ समितिको सुझाव छ, ‘आवश्यकता आधारमा योजना छनौट गर्नुस् । स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधारमा जोड गर्नुस् ।’
अनुसन्धान, तालिम, गोष्ठी भनेर राखिने बजेटले उपलब्धि नदिने भन्दै आगामी बजेटमा यस्तो काममा रकम नछुट्याउन पनि समितिका सदस्यले सुझाव दिएका छन् । संघीयताको मर्म अनुसार आफ््नो भूमिका स्थापित गर्न नसकेको सबैजसोको गुनासो छ । ‘प्रदेशको भूमिका कमजोर भयो । अहिले पनि स्थानीय तहको मनोपोली देखिन्छ,’ सांसद इन्द्रधारा विष्ट भन्छन्, ‘प्रदेशको योजना भनेपछि स्थानीयले कार्यान्वयन गर्न हिचकिच्याउँछ । प्रदेशले पनि निगरानी नगर्ने हुँदा संघीयताको मुल्य महसुस भएन ।’
समितिले प्रदेशभित्र रहेका सबै कारागार सुधार गर्न सुझाएको छ । ‘कारागारमा पानी र विजुली पनि राम्रो छैन । कैैदी बन्दीहरु कोचिएर बसेका छन् । २५ भनेको ठाउँमा २ सय जना छन्,’ सांसदहरुले भने, ‘कतिपय भवन भूकम्पपछि जीर्ण छ । अब सामान्य कम्पनमा पनि भत्किन सक्छ । भौतिक संरचनाको स्तरोन्नति हुनु जरुरी छ ।’
कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरुको दैनिक भत्ता बढाउन पनि समितिले सुझाएको छ । कम्तिमा १ सय रुपैयाँ भत्ता दिनुपर्ने प्र्रस्ताव समितिको छ ।
बैठकमा अर्थमन्त्री किरण गुरुङले तत्काल स्वरोजगार हुने क्षेत्रमा आगामी बजेट केन्द्रित हुने बताए । कोरोनाका कारण दैनिक ३८ करोडभन्दा बढी नोक्सानी ब्यहोर्नुपरेको भन्दै लकडाउनको मापदण्ड अनुसार काम थाल्ने उनको प्रस्ताव छ । ‘भएका सामान म्याद सकियो । अब संक्रमित र मृत्यु नै बढेपछि ५० प्रतिशत आर्थिक गतिविधि खुला गर्नुपर्छ । नत्र लुटपाट बढ्न सक्छ,’ उनले भने, ‘यसले सरकारको आम्दानी पनि हुँदैन । सरकारी ढुकुटीमा पैसा नभए कहाँबाट ल्याएर राहत दिने ?’ आत्मनिर्भता केन्द्रित योजना सरकारले सञ्चालन गर्ने गुरुङको भनाइ छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक क्षेत्रमा लगानी बढाउने बताए । ‘विपद् बाजा बजाएर आउने होइन । अचानक आउने हुँदा हामीले व्यवस्थापन गर्नैप¥यो,’ उनी भन्छन्, ‘शिक्षा र स्वास्थ्य अब राज्यको पहुँचमा रहनुपर्छ । हामीलाई कोरोनाले त्यही सिकायो ।’ अहिलेसम्म सरकारले आम्दानी हुने क्षेत्रमा लगानी नगरेको भन्दै आगामी बजेटबाट जलविद्युत् र उर्जामा लगानी गरेर आम्दानी बढाउने बताए । हाइड्रो, कृषि र पशुपालन हुन सक्छ । पैसा आउने ठाउँमा लगानी नै गरेको छैन । राजश्व कहाँबाट उठ्छ ?,’ उनले अघि थपे, ‘हामी आफ्नै उत्पादन हुने क्षेत्रमा लगानी गर्छौं ।’ उनले चालू खर्च आन्तरिक आम्दानीबाटै जुटाउने बताए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१