कोरोनाबाट ज्यान गुमाएकी महिलाको बच्चामा  संक्रमण देखिएन

एजेन्सी
जेठ ५, २०७७
Corona virus positive test

पोखरा, ५ जेठ । कोरोनाबाट ज्यान गुमाउने पहिलो नेपाली व्यक्ति परिवारका पाँच सदस्यहरुका नमूना परीक्षण गर्दा कोरोना संक्रमण भेटिएको छैन ।

धुलिखेल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १३ दिनको शिशुसहित मृतक महिलाका श्रीमान, आमा, बहिनी र भाइ समेत पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारका अनुसार कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको गत बिहीबार मृत्यु भएको थियो।

संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन् । उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि उनका शिशु र परिवारका सद्स्यहरुको कोरोना परीक्षण गरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width