नवलपरासीमा जंगली च्याउ खाँदा एक्कै दिन १६ जना विरामी

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७७
Fungi Perfecti Mushroom farm

3/22/2013–Shelton, WA, USA Pioppini mushrooms (Agrocybe aegerita) from Fungi Perfecti. Paul Stamets, 57, is an American mycologist, author, and advocate of bioremediation and medicinal mushrooms and owner of Fungi Perfecti, a family run business that specializes in making gourmet and medicinal mushrooms. ©2013 Stuart Isett. All rights reserved.

नवलपरासी, २४ बैशाख । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै दिन १६ जना विरामी परेका छन् ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ का १२ जना र विनयी त्रिवेणी गाउँपालिका ४ का ४ जना गरी १६ जना विरामी परेका हुन् । उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीका अनुसार मध्यविन्दु १४ का ८ वर्षीया बालिका शान्ति गाहा, १० वर्षीया बालिका बिनीसरा ढेंगा, ११ वर्षीय बालक धु्रव ढेंगा, ३ वर्षीय बालक सुरज रुचाल, ५५ वर्षीय इन्द्रबहादुर रुचाल, ५० वर्षीया टिकासरा रुचाल, ४ वर्षीया बालिका मनिषा रुचाल, ३५ वर्षीया दिलमाया गाहा, ५० वर्षीय लक्ष्मी ढेंगा, २२ वर्षीया मनकुमारी ढेंगा, १३ वर्षीय श्यामबहादुर सोमै र १५ वर्षीय पदम रुचाल विरामी भएका हुन् । उनीहरु सबैका नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

त्यसैगरी जंगली च्याउ खाएर विनयी त्रिवेणी गाउँपालिका ४ का ३० वर्षीया जानु आले, २२ वर्षीया संगिता आले ४० वर्षीया चनिसरा आले र ३३ वर्षीय रेम तरामु मगर विरामी परेका छन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पतालमा कावासोती १६ डण्डामा उपचार भईरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width