झाेलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा बिश्व कै सबैभन्दा लामाे झाेलुङ्गे पुल निर्माण भएपछि यसले थप पहिचान थपिन पुगेको छ। बिश्व कै लामो पुल भएको भएकोले यसलाई गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने तयारीमा प्रक्रिया अगाडि बढाइएको छ ।
बागलुङ र पर्वत जाेड्ने गरि निर्माण भएको बिश्व कै लामाे झाेलुङ्गे पुल गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताको तयारी शुरू गरिएको छ। बागलुङ नगरपालिका १ रामरेखा बाट पर्वत जिल्लाकाे कुश्मा नगरपालिका १ पाङ अदुवावारि जाेड्ने ५६७ मिटर लामो सिंगल स्पानकाे पुल निर्माण सम्पन्न भए संगै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउने तयारी भएको हाे ।
सिंगल स्पान प्रबिधिमा बनेको झाेलुङ्गे पुल मध्ये यस अघि स्वीजरल्याण्डमा ४९४ मिटर लामो रहेको छ।
बागलुङ नगरपालिकाकाे पहलमा निर्माण भएको पुललाई नगरकार्यपालिकाकाे बैठकले अन्तर्राष्ट्रिय रूपमा चिनाउनकाे लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाउने निर्णय गरेको छ । सिंगल स्पान प्रविधिमा निर्माण भएको साे पुल बिश्व कै सबैभन्दा लामो झाेलुङ्गे पुल भएको प्रमाण सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पाैडेलले बताए।
झाेलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा ५ सय वटा भन्दा बढी झाेलुङ्गे पुल रहेका छन्। सामान्यतया ५ मिटर देखि ५६७ मिटर लामाे पुल बागलुङ मै रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संस्थामा पठाउनु पर्ने कागजात तयार गरि प्रक्रिया अगाडि बढाउने त्यस पश्चात बिश्व कै लामो पुल भएको परिणाम आउने छ ।
बिश्व कै सबैभन्दा लामो पुल भएको हुनाले यस पुलले बागलुङमा हरेक दिन हजारौं आन्तरिक तथा बाह्र पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भुमिका खेल्ने देखिन्छ । २०७७ साल चैतमा सम्पन्न गर्ने गरि २०७५ सालमा सम्झौता गरि काम शुरू भएको पुल सम्झौता मिति भन्दा एक बर्ष अगाभै सम्पन्न भएपनि हस्तान्तरण हुन बाकी छ।
काेराेना भाइरसकाे महामारीले देशमा लकडाउन भएपछि पुल हस्तान्त्रण र उद्घाटन प्रक्रिया राेकिएकाे हाे।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१