कोरोना पोजेटिभ निको भई डिस्चार्ज   

रासस
वैशाख १०, २०७७
MT-AttariyaKailali-DischargeSetiHospital

सेती प्रादेशिक अस्पतालबाट बुधबार डिस्चार्ज गरिएपछि घर फर्कदै कोरोनामुक्त भएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४० बर्षीया पुरुष । उनी सो अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो व्यक्ति हुन भने अब दुई जना मात्र उपचाररत रहेको जनाइएको छ ।

धनगढी । कोरोना भाइरसको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

  • दुई पटक लगातार गरिएको नमूनाको परीक्षणमा नतिजा ‘नेगेटिभ‘ आएपछि उहाँलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–९ का ४० वर्षीय इन्द्र विक हुनुहुन्छ । भारतको उत्तराखण्डमा काम गर्दै आउनु भएका उहाँ गएको चैत महिनामा पश्चिमी सीमानाका गड्डाचौकी हुँदै आफ्नो घर बेदकोट नगरपालिका आई पुग्नुभएको थियो । थ्रोट स्वाबको नमूना पोजेटिभ पाइएपछि उहाँलाई चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अहिलेसम्म कोभिड–१९ पोजेटिभ निको भई तीन जना डिस्चार्ज भइसकेको र हाल दुई जना उपचाररत रहेको उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width