पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा नेपाली सेनाले शव व्यवस्थापनको विषयमा कृत्रिम अभ्यास गरेको छ ।
पाेखरा १४ स्थित एक व्यक्तिको कोभिड – १९ बाट मृत्यु भएको भन्ने काल्पनिक घटनालाई आधार मान्दै सुरक्षित रुपमा शवको व्यवस्थापन गर्नको निम्ति अपनाइनुपर्ने उपायहरुको बारे उक्त अभ्यासमा प्रस्तुतीकरण गरिएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, नेपाली सेनाका पश्चिम पृतना प्रमुखज्यू, नेपाल प्रहरीका प्रदेश प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवज्यू, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखज्यूहरु, पोखरा महानगरपालिकाका मेयरज्यू लगायतका अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
शव व्यवस्थापन गर्दा व्यक्तिगत सुरक्षा कवच(पिपिई) लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने अभ्यास गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१