पोखरा, ८ वैशाख । पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समूह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पुर्याउदै खान खाउदै आएका छन् ।
उनीहरुले तीन दिनमा करिब २ हजारलाई खाना खुवाएका छन् । सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादै गरेकाहरुलाई खाना दिदै आएका छन् । उनीहरुले खाना पकाएरै प्याक गरेर पुर्याउने गरेका छन् ।पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउनले गरेका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आएपनि सो ठाउँका स्थानीय र जनप्रतिनिधिसगँ समन्वय गरेर खाना पुर्याउन गरेको पौरखी स्वयम सेवक समुहका जनक पराजुलीले बनाए । पहिलो चरणमा आफुहरुले नै नगद उठाएर विहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।
घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा कुनै माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा खाना पुर्याउने गरेका स्वयम सेवी समूहका अर्का सदस्य राजु शर्माले बताए । उनले विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पुर्याइदिने गरेका छन् । खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी समावेश गरिएको छ ।‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुने पछि यो अभियान शुरु गरेका हौ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले बताए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न भनेको उनले बताए ।
शनिबार विहानबाट शुरु भएको अभियानमा तीन दिन सम्ममा १९ सय ११ जनालाई खाना निःशुल्का पुर्याइसकेको समूहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिबार विहान बेलुका गरे ३ सय ११ जना, आइतबार विहान बेलुका ९ सय ४५ र सोमबार विहान मात्रै ६ सय ५५ जनालाई खाना पुर्याएको बताए ।‘लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो नबल्ने अवस्था भएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको उनले बताए । पोखरा महानगरले समन्यको भूमिका खेलेको उनले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१