पोखरा, ७ वैशाख । गण्डकी प्रदेश प्रवेशमा रोक लगाउने निर्णयसँगै देशको मुख्य राजमार्गमै तारजाली लगाएर छेकबार गरिएको छ ।सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पाल्पा सीमा राम्दी पुलको स्याङ्जा खण्डतर्फ प्रशासनले काँडेतार लगाएर आवतजावतमा रोक लगाएको हो । जसबाट प्रदेश ५ र गण्डकी प्रदेशको सो सीमाबाट सहजरुपमा प्रवेश बन्द भएको हो ।
‘मुख्यमन्त्रीज्यूको निर्देशनबमोजिम नै हामीहरुले त्यहाँ बेरियर लगाएका हौं,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘यसबाट अनावश्यक मानिसहरुलाई आवातजावतमा कडाइ गरिएको हो ।’लकडाउनको बेलामा भारतीयहरु लुकिछिपी आउने गरेकोले पनि नाकामै यसरी काँडेतार लगाउनुपरेको प्रजिअ कुरुम्बाङले बताए ।उनका अनुसार अत्यावश्यक गाडीहरु भने सेनिटाइज गरिसकेपछि मात्र गण्डकीमा प्रवेश दिइने व्यवस्था गरिएको छ । सोको लागि स्वास्थ्यकर्मीको टोली समेत त्यहाँ खटाइएको छ ।
मुख्यमन्त्रीको निर्देशनमा जिल्ला सुरक्षा समिति, स्याङ्जाको बैठकले राम्दीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना गरी चेकजाँचमा कडाइ गर्ने निर्णयसहित वालिङको सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गुल्मबाट ११ जनाको प्रहरी टोली सीमानाका राम्दीमा खटाइएको हो । त्यहाँ चौबिसै घण्टा प्रहरीले निगरानी राख्नुका साथै चेकजाँच गर्नेछ ।गण्डकी प्रदेश मुख्यमन्त्री एवं कोरोना संकट व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशन समितिका संयोजक पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनलाई अझै कडाइ गर्ने निर्णय गरेको थियो ।
जसअनुसार एक प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक पालिकाबाट अर्को पालिकामा जान बन्देज गरिएको हो । यदि कुनै अत्यावश्यक काम परी जानुपर्ने अवस्था आए सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।मालबाहक ट्रक वा अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा यात्रु ओसारपसार गर्ने सवारीसाधनलाई समेत नियन्त्रणमा राखिने भएको छ ।सुनौली–पोखराअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गले रुपन्देही, पाल्पा, स्याङ्जा, कास्की जिल्ला छुन्छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१