विश्वले चिन्नेछ नेपाल

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७०

विश्व मानचित्रमा नेपाललाई सबैभन्दा बढी सगरमाथा (माउण्ट एभरेष्ट) को देश भनेर चिन्ने गरिएको छ। त्यसो त नेपाललाई वीर गोर्खाली भनेर पनि विश्वमा नचिनिएको त होइन। त्यसैगरी नेपालमा घुम्न आउने पर्यटकहरूले जीवित देवी कुमारीको देश भनेर पनि चिन्ने गरिएको छ। सायद नै विश्वमा नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ जीवित मानवलाई देवीको रूपमा पुज्ने प्रचलन रहेको छ। अन्य पक्षलाई पनि समेट्ने हो भने विश्वका विभिन्न देशको राष्ट्रिय झण्डा भन्दा नेपालको राष्ट्रिय झण्डा अत्यन्त पृथक आकारमा रहेकोले पनि नेपाललाई विशेष चिन्ने गरिएको छ। एवं प्रकारले नेपालको जलश्रोतलाई विश्वकै दोस्रो धनी राष्ट्रको रूपमा चिनिन्छ। विश्वमा नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भएको देश भनेर पनि चिनिन्छ। माथिका ती विभिन्न पक्षबाहेक अर्को एउटा महत्त्वपूर्ण पक्ष गौतम बुद्धको देश भनेर नेपाललाई विश्व मानचित्रमा अझ बढी चिनियोस् भनेर ल्भधक द्दद्ध टेलिभिजनद्वारा प्रस्तोता रवि लामिछानेले ‘विश्वले चिन्ने छ नेपाल’ सोलोगनका साथ ६० घण्टा लामो म्याराथन टक शो कार्यक्रम गरी वल्ड गिनिज बुकमा आफ्नो नामलाई समेत समेट्ने प्रयास गरी राख्नुभएको छ, त्यो अत्यन्त साहसिक गौरवमय तथा सह्रानीय काम हो भन्न हामी जो कोही नेपालीहरूले कञ्जुस्याई गर्नुहुँदैन। अजा मैले यो लेख लेखिरहँदासम्म प्रस्तोता रवि लामिछानेले करिब ५१ घण्टापार गरिसकेको अवस्था छ। मलाई लाग्छ आज रातिसम्ममा यो घण्टा पनि पार हुनेछ। यो कार्यक्रममार्फत प्रस्तोता रवि लामिछानेले बुद्ध नेपालमा जन्मेको थियो। द्यगममजब धबक द्ययचल ष्ल ल्भउब) िसोलोगन राखेर विश्वले चिन्नेछ नेपाल भनी विश्वमाझ लाइभ कार्यक्रम सञ्चालन गरिएको छ। हुन त गौतम बुद्ध नेपालमा नै जन्मेको हो भन्ने कुरा विश्वसम्पदा सूचीकृत गर्ने संस्था युनिस्कोले नै बुद्ध नेपालको लुम्बिनीमा जन्मेको थियो भनी लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरिसकेको अवस्था छ। त्यसैले पनि लुम्बिनी भूमिमा विश्वका बौद्धमार्गी देशहरूले आ-आफ्नो देशका वास्तुकलाको पहिचान स्वरूपमा चैत्य, स्तूप, गुम्बाहरू हिनयानी बौद्ध सम्प्रदायका देशहरूले पूर्र्वी भागमा र  महायान बौद्ध सम्प्रदायका देशहरूले पश्चिमी भागमा निर्माण गरिसकेको अवस्था छ। आज विश्वले नै गौतम बुद्धको पवित्र जन्म भूमि लुम्बिनीलाई विश्वकै बौद्ध मार्गीहरूको बौद्ध तीर्थ केन्द्रको रूपमा विकास भइसकेको छ। यति हुँदाहुँदै पनि आज हामीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको थियो भनेर प्रचार-प्रसार गरिरहनुपरेको अवस्था छ। किनकि आजसम्म पनि भारतको केही लेखकहरूले बुद्ध भारतमा जन्मेको थियो। बुद्धको राजदरबार भएको प्राचीन कपिलवस्तु भारतमा पर्दछ भनी पिपरहवालाई नै वास्तविक प्राचीन कपिलवस्तु हो भनी भ्रामक प्रचार-प्रसार गरिएको अवस्था छ। पिपरहवामा कपिलवस्तु दरबार जस्तो भग्नावेशष इँटहरूको अवशेष भएकै आधारमा उनीहरूले त्यसलाई प्रमाणित गर्न अझै प्रयासरत छन्। किन उनीहरूले पिपरहवालाई प्राचीन कपिलवस्तु भनी दाबी गरिरहेका छन् भने यदि गौतम बुद्धको दरबार प्राचीन कपिलवस्तु पिपरहवा बनाउन सक्यो भने त्यसैको केही माइल पर लुम्बिनी भन्ने स्थान हुन सक्ने र त्यो स्थान आफ्नै भारत भूमिभित्र पर्न सक्ने हुनाले त्यो चलाखी गर्न खोजिएको पाइन्छ। मैले यहाँ यो प्रस· किन राख्न खोजेको भन्दा पाँचौं शताब्दीतिर  फहियान र सातौं शताब्दीतिर चिनियाँ यात्री हु यन साङ नेपाल भ्रमण गर्न आउँदा काठमाडौं हुँदै लुम्बिनी र कपिलवस्तु पनि गएका थिए। लुम्बिनी र कपिलवस्तु घुम्ने क्रममा हु यन साङले देखेको कुराहरू अशोक स्तम्भ, पोखरी, स्तूपहरू भिक्षुहरू आदिका साथै लुम्बिनी र कपिलवस्तुको दूरी माइलहरू आफ्नो यात्रा वृत्तान्तमा लेखिएको थियो जुन नेपालको लुम्बिनी र कपिलवस्तुको फरक दूरी मिल्न आउँछ र उनले देखेको सबंै कुराहरू उनले आफ्नो यात्रा वृत्तान्तमा लेखिएको थियो। ती सबै सत्यसाबित भइसकेको अवस्था छ। यति हुँदाहुँदै पनि विश्वका कतिपय देशका जनता बुद्ध भारतमा जन्मिएका थिए भन्ने कुरा बुझिरहेका छन्। यसको एउटा उदाहरणस्वरूप आज पनि अमेरिकाको लस एञ्जलसमा रहेको बुद्धको मूर्तिको पादपीठमा द्यगममजब धबक दयचल ष्ल क्ष्लमष्ब लेखिएको छ भन्ने विवरण यसै कार्यक्रम ल्भकक द्दद्ध मार्फत एक जना नेपालीले अमेरिका पुग्दा देखेको कुरा व्यक्त गरिएको थियो। भारतका कतिपय पाठ्यक्रममा बुद्ध भारतमा जन्मेका थिए भन्नमा सुनिन्छ। यी आदि प्रस·ले गर्दा पनि आज विश्वमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विश्वले मान्यता दिइसके तापनि विश्वका जनतालाई समेत भ्रम नहोस् भन्ने सोँचमा यो म्याराथन टकशो कार्यक्रम भएकोमा म हृदयदेखि नै ल्भधक द्दद्ध टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति आभारी छु।

आम नेपाली जनताले गौतम बुद्ध नेपालमा जन्मिएका थिए भन्ने केही प्रमाण थाहा पाउनुपर्दछ भन्ने सान्दर्भिक थाल्दछु।

भारतका पाटलीपुत्र मौर्य सम्राट अशोकले आफ्नो राज्यकालमा साम्राज्य विस्तार गर्ने क्रममा विभिन्न युद्धमा धेरै नै मानवको नरसंहार गरेका थिए पछि उनले आफूलाई उक्त रक्त नरसंहारबाट प्रायश्चित हुनलाई  अहिंसावादी शान्तिका अग्रदुत सिर्द्धार्थ गौतम बुद्धको जन्मस्थल नेपालको लुम्ब्िनीमा इशापूर्व २४५ (इशापूर्व तेस्रो शताब्दी) तिर आई गौतम बुद्धको सम्झनामा एक अशोक स्तम्भ स्थापना गरी उक्त स्तम्भमा बुद्ध जन्मेको सम्झनामा पाली भाषामा र ब्राहमी लिपिमा ९० अक्षर र २६ शब्द छन्। उक्त अभिलेखमा लेखिएका शब्दहरू-’देवान पियन पियदसिन लाजिन वीसतिवसाभिसितेन, अतन आगाच महीचिते हिंद बुधे जाते सक्य मुनीति, शिला विगडभीचा कालापित शिलाथभेच उसपापिते, हिंद भगव जातेति लुमिनिगामे उवलिके कटे, अठ भागियच।’

‘इन्त्रिmप्सन्स अफ अशोक’ मा मेरा गुरु डा. दिनेशचन्द्रज्यूले यस अभिलेखको अनुवाद यसरी प्रस्तुत गर्नुभएको छ। ‘आफ्नो राज्याभिषेक भएको बीस वर्षपछि देवताहरूका प्रिय राजा प्रियदर्शीले शाक्य मुनि बुद्ध जन्मेको ठाउँ यो हो भनी यहाँ आएर पूजा गरे। उनले आफू आएको सम्झना राख्न ढुङ्गाको पर्खालले चारैतिर घेरे र शिला स्तम्भ खडा गरे। यहाँ भगवान बुद्ध जन्मेकाले लुम्बिनी ग्राम कर मुक्त गरेर मालपोत पनि आठ भागमा एक भाग मात्र लिने गरे।’

कालान्तरमा गएर लुम्बिनीमा भएका अशोक स्तम्भ, स्तूप, विहार सिर्द्धार्थ पोखरी आदि पुरातात्त्विक सामाग्री जमिनमुनि विलिन हुन पुग्यो। पछि विश्वमा नै पुरातात्त्विक खोज अनुसन्धान विस्तार हुने क्रममा नेपालमा पनि हुन पुग्यो। यसै क्रममा सन् १८९६ मा तत्कालीन पाल्पाका बडा हाकिम खड्ग शमशेरको सहयोगबाट पुरातत्त्व अन्वेषक डा. ए. फुहररले पत्ता लगाई विश्वसामु बुद्ध जन्म भूमि नेपालको लुम्बिनीको प्रचा र प्रसार गरे। त्यसपछि भारतलाई टाउको दुखाई भयो र त्यो कुरा सत्य हो कि होइन भनी भारतीय पुरातात्त्विक पि.सी. मुखर्जी नेपालको लुम्बिनीमा आई मायादेवी मन्दिर वरिपरि उत्खनन् गरे।

मुखर्जीले बुद्धकालीन अन्य पुरातात्त्विक सामाग्री समेत प्राप्त गरेपछि आफ्नो रिपोर्टमा लेख्दै लुम्बिनीको सत्यतालाई अझ स्पष्ट पारे। त्यसपछि यस ठाउँमा पुरातात्त्विक अन्वेषण गर्ने क्रममा सन् १९३३-३९ मा केशर शमशेर, सन् १९६१-६२ मा भारतीय पुरातात्त्वविद् देवलामित्रा, सन् १९७०-७१ र सन. १९७७-७८ मा नेपाल पुरातत्त्व विभाग, सन्  १९९० को दशकमा लुम्बिनी विकास कोष र बुद्धिष्ट फेडेरेसन अफ जापानले संयुक्त रूपमा गरेका थिए। एवं रितले आजसम्म पनि समय-समयमा यस्ता अन्वेषण हुने गर्दछन्। माथिका विभिन्न पुरातात्त्विक अन्वेषणबाट प्रशस्त बौद्धकालीन पुरातात्त्विक सामाग्री प्राप्त भएका छन्। ती पुरातात्त्विक सामाग्रीमध्येको सन् १९९२ मा लुम्बिनी विकास कोष र बुद्धिष्ट फेडेरेशन जापानका पुरातत्वविद्हरूले गरिएको उत्खनन्बाट प्राप्त ‘मार्कर स्टोन, जुन सिर्द्धार्थ गौतमबुद्ध जन्मनेबित्तिकै पहिलो पटक यस पृथ्वीमा पाइला टेकेको ठाउँमा प्रतीकस्वरूप ७ वटा इँटाले बनेको वर्गाकारको प्लेटर्फममाथि रहेको थियो। उक्त इटाहरू मौर्यकालीन समयको थियो। प्राचीन बौद्ध ग्रन्थमा उल्लेख भएअनुसार यसले सिर्द्धार्थ जन्मेबित्तिकै ७ पाइला हिँडेको सड्ढेत गर्दछ भन्ने पुरातत्वविद्हरूको भनाइ छ। समग्रमा के भन्न सकिन्छ भने उक्त मार्कर स्टोन अशोकले सिर्द्धार्थको जन्मस्थान बोध गर्न राखेको भन्ने बुझिन्छ। तसर्थ, यस ‘मार्कर स्टोन’ ले सिर्द्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनी भूमिमा नै जन्म भएको कुरामा पूर्णरूपमा सत्य साबित गर्न थप सहयोग मिलेको थियो। अब हामी जो कोही नेपालीले स्वदेशमा होस् विदेशमा भएको थियो भनेर यिनै प्रमाणित आधारलाई मात्र पस्कन सकेमा बुद्ध नेपालमा जन्मेको होइन भन्ने विदेशीका लागि मुख बन्द गर्न सक्दछ।

समग्रमा ‘विश्वले चिन्नेछ नेपाल’ सोलोगनमा न्यूज २४ टेलिभिजनमार्फत प्रस्तोता रवि लामिछानेले ६० घण्टा लामो म्याराथन टक शो कार्यक्रम लिएर आफ्नो नाम वल्ड रेर्कर्ड गिनिज बुकमा लेख्न जुन जमर्को गर्नुभएको छ, यस कार्यलाई हामी जो कोही नेपालीले यो कार्य रवि लामिछानेको मात्र नभई एउटा राष्ट्रको नै महत्त्वपूर्ण कार्य मान्नुपर्दछ। यस कार्यक्रमले एकातर्फ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा नै भएको थियो भन्ने जानकारी गराई, विश्वका केही मानव जसलाई गौतम बुद्ध भारतमा जन्मेका थिए भन्ने भ्रममा रहँदै आएका छन्। तिनीहरूका लागि यो चेपिलो पाठ वा सन्देश हुन सक्दछ र अब यस कार्यक्रमपश्चात् ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्म भएको थियो’ भन्ने सन्देश विश्वका आममानवले बुझ्ने छन् र लुम्बिनी भ्रमणमा विश्वका पर्यटकको संख्या पहिलाका वर्षमा भन्दा अब बढ्ने छन् भन्ने कुरामा पनि थप सहयोग गर्नेछ भन्न सकिन्छ। तसर्थ यस कार्यक्रमले अबका दिनमा पर्यटन विकासमा मद्दत गर्दछ। अर्कोतर्फ यस कार्यक्रमले नेपालका राजनीतिकमा लागेका व्यक्तिका साथै कलाकार, खेलाडी, व्यापार, पत्रकार, प्राध्यापक, डाक्टर, समाजसेवी आदि क्षेत्रहरूमा लागेका व्यक्तिसँगको अन्तर्वार्ता लिने क्रममा प्रस्तोता रवि लामिछानेले जसरी सहज रूपमा उक्त व्यक्तिहरूको कार्य क्षेत्रलाई उजागर गर्न सक्षम भएका छन्। त्यसलाई दर्शकले कार्य क्षेत्रलाई उजागर गर्न सक्षम भएको छ, त्यसलाई दर्शकहरूले कार्यक्रम हेरेर पनि धेरै ज्ञान हासिल गर्न सक्षम भए होलान् भन्ने लाग्दछ। त्यसैले अन्तमा प्रस्तोता रवि लामिछानेलाई कार्यक्रम सफलताको शुभकामना साथै मैले यो लेख लेखिरहँदा ५३ घण्टा बितिसकेकाले यो कार्यक्रम पूर्ण सफल हुन्छ भन्ने आधारमा म पूर्ण विश्वस्त छु, त्यसैले बधाई पनि दिन चाहन्छु।

Related News

सम्बन्धित समाचार

hero news full width