कास्कीको मादी गाउँपालिकाले आइतबारदेखि विपन्न र कठिन अवस्थामा रहेका नागरिकहरुलाई खाद्यान्न राहत उपलब्ध गराउने भएको छ । शनिबार बसेको विपद् ब्यवस्थापन समितिको बैठकले आइतबार देखि वडा वडामा पुगेर दैनिक गुजारा चलाउन सकस परेका र असंगठित क्षेत्रमा काम गर्ने श्रमिक तथा असहायहरुलाई खाद्य सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाईड्रो पावर लिमिटेडका अध्यक्ष पुष्पज्योती ढुंगानाले रु. १२ लाख ७३ हजार बराबरको खाद्य सामग्री सहयोग गरेका छन् । सोही खाद्यान्न पहिलो चरणमा नागरिकलाई वितरण गरिने र राहतका प्यकेजहरु थप गर्दै जाने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो ।
यसबाहेक गण्डकी प्रदेश सरकारले पनि लकडाउनको कारणले दैनिक गुजारा चलाउन नसकेका व्यक्तिलाई लकडाउनको अवधिभर जीवनयापनको लागि राहत उपलब्ध गराउन रु. ५ लाख रुपैयाँ गाउँपालिकालाई उपलब्ध गराउने भएको छ ।
मादी गाउँपालिकाले राहत वितरण गर्नकै लागि प्रकोप ब्यवस्थापन कोष स्थापना गरेको छ । सहयोग गर्न चाहनेले माछापुच्छ्रे बैंकको खाता नं. ८३०१५२४५१४७२९०६४ मा नगद जम्मा गर्न सकिने गुरुङले बताउनु भयो । उहाँले सक्दो सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१