सरकारलाई सञ्जालको सात बुँदे सुझाव

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६

पोखरा, २१ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालको वर्तमान परिस्थिति प्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले सरकारलाई सातबुदे सुझाव दिएको छ ।

नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनबाट उत्पन्न समस्याहरु प्रति तत्काल समाधानका उपायहरु खोजी गर्न सञ्जाल पोखराका संयोजक बिष्णुप्रसाद बरालले शुक्रबार सात बुँदे सुझाब दिएका हुन् । सरकारी र निजीक्षेत्रका अस्पतालहरुमा लकडाउनसँग आउटडोर पेसेन्ट बन्द गर्ने घोषणा भएसँगै अस्पतालमा नियमित उपचार गराइ रहेका दीर्घरोगहीहरुको समस्यालाई कुनै चासो दिएको पाइएन । अन्य समस्या परेर अथवा रोगलागेर जादा समेत कुनै पनि अस्पतालले उपचार गर्ने व्यवस्था नगरेको सुझावमा छ ।

सुझावमा नागरिकका दैनिक उपभोग्य बस्तुको नियमित आपूर्ति गर्ने व्यवस्था सहज बनाउने भनियता पनि काठमाडौ बाहिर ग्यास लगायतका खाद्य सामाग्री नियमित व्यवस्था भएको पाइएको छैन् । निजी फार्मेसी समेत सचालन नगरिएको नियमित औषधि सेवन गर्ने मानिसहरुमा समस्या पर्दै गएको सुझावमा उल्लेख छ । गरिब, निमुखा र अप्ठेरो अवस्थामा रहेका मानिसहरुलाई राहत कार्यक्रम ल्याउने तयारी भैरहेको भनिएतापनि त्यस्ता व्यक्तिहरुको सही पहिचान गरी राहत यथाशीघ्र वितरण गर्न आवश्यक छ, नेपालमा पर्यटन र अन्य हिसावले आएका विदेशी नागरिकहरुलाई सरकारले आ आफ्नो देशमा जान सहजीकरण गरेको पाइयो तर आफ्ना नागरिकहरु कामको सिलसिलामा भारत लगायत थुप्रै देशमा समस्यामा परेपनि त्यसतर्फ स्थानीय, प्रदेश र संघ सरकारले आफ्ना नागरिकलाई यथाशीघ्र उचित व्यवस्थापन गरी आ आफ्नो ठाउँमा पुर्याउने व्यवस्था गरियोस् भनिएको छ ।

त्यस्तै कोरोना भाइरसको उपचार गर्नका लागि आवश्यक पर्ने औजारहरु उपचारका समयमा उपलब्ध नहुँदा समस्या जटिल बन्दै गएको तर्फ सरकारको ध्यान जानुपर्नेमा सामग्री खरिदमा कमिसनको खेलले गर्दा सोसलमिडियामा आएका समाचारहरु प्रति सरकारलले तत्काल जवाफ दिनुपर्ने, नागरिकले उत्पादन गरेका अत्यावश्यक वस्तु दुध र तरकारी को उचित व्यवस्थापन सहित वितरणको व्यवस्था गरियोस् भनिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width