पोखरा, १९ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जाँच अवदेखि पोखराबाटै हुने भएको छ । गण्डकी प्रदेशको पहलमा संघ सरकारले पोखराबाट परीक्षण गर्ने ब्यवस्था मिलाएको हो । चीनबाट आएको पोलिमर चेन रियाक्सन (पिसीआर) मेसिन पोखरा पठाइएको छ । अहिले मेसिन जडानको काम भैरहेको छ । मेसिनसँगै आवश्यक उपकरण र प्राविधिक टोली पनि खटाइएको छ ।
दुईजना प्राविधिकले ३ महिनासम्म कोरोना परीक्षण गर्नेछन् । मंगलबार विहान हेलिकोप्टर मार्फत सामग्री झारिएको हो । यसअघि कोरोना भाइरस नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले चीनबाट आएका मेसिन ४ वटा प्रदेशमा पठाउने निर्णय गर्दा गण्डकी छनौट भएको थिएन । निरन्तर दवाव र समन्वयपछि काठमाण्डौंमा राखिएको स्टक मेसिन पोखरा पठाइएको हो । प्रदेशको जनसंख्या र जोखिमबारे संघ सरकारलाई जानकारी गराएपछि मात्रै मेसिन आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
अहिले ल्याइएको मेसिनबाट दैनिक १५ वटासम्म परीक्षण गर्न सकिन्छ । तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यो भन्दा ठूलो क्षमताको अर्को प्रयोगविहिन मेसिन छ । प्राविधिक टोलीले त्यो मेसिन पनि प्रयोगमा ल्याउने तयारी गरेको छ । दुईवटा मेसिन भए जतिसुकै नमूना पनि पोखरामै परीक्षण गर्न सकिने बताईएको छ । मेसिन आएपछि प्रदेशभित्र सकारात्मक सन्देश प्रवाह भएको प्रदेशस्तरीय कोरोना नियन्त्रण समन्वय समितिका संयोजक तथा अर्थमन्त्री किरण गुरुङले बताए ।
हालसम्म गण्डकी प्रदेशमा ३२ वटा नमूना संकलन गरिएकोमा २० वटा नेगेटिभ र एउटा पोजिटिभ नतिजा आएको छ भने ११ वटाको नतिजा आउन बाँकी छ । परीक्षणको रिपोर्ट १ घण्टाभित्रैमा आउने छ । ५ वटा मेसिनमध्ये काठमाण्डौंमा राखिएको स्कट मेसिन पोखरा ल्याइएको प्राविधिक बलराम गौतमले जानकारी दिए ।गण्डकी सरकारले पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बागलुङमा धवलागिरि अञ्चल अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा अघि सारेको छ भने आवश्यक उपकरण जडानको काम पनि भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१