दमौली, १७ चैत । नेपाली सेनाको सहयोगमा तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । सोही वडाको चापाघाटमा रहेको कालीभञ्जन गणको सहयोगमा सम्भावित कोरोना भाइरस जोखिम हुन नदिन विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
सो भाइरसका शङ्कास्पद बिरामी र विदेशबाट फर्किएकालाई निगरानीमा राख्न विद्यालय हातामा टेण्ट हालेर क्वारेन्टाइन निर्माण गरिएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “विदेशबाट फर्किएकालाई सुरक्षित रुपमा राख्नका लागि नेपाली सेनाको श्रमदानमा क्वारेन्टाइन बनाएका हौ,” उनले भने “ गणबाट दश जनाले श्रमदान गरे ।” उक्त विद्यालयमा १३ श्ययाको क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेनाले टेण्ट र श्यया सहयोग गरेको छ । व्यास नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन बनाउन निर्देशन दिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार वडाभित्र विदेशबाट फर्किनेको विवरण सङ्कलन गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
उक्त वडामा विदेशबाट फर्किने ७ जनाको नाम सङ्कलन गरिएको छ । तीमध्ये दुई जनालाई उक्त क्वारेन्टाइनमा राखिएको र ५ जनालाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ । “दुवइबाट आएका एक महिला र एक पुरुषको इच्छा बमोजिम नै क्वारेन्टाइनमा राखिएको छ, उनीहरुलाई हालसम्म कुनै पनि लक्षण देखा परेको छैन,” वडाध्यक्ष श्रेष्ठले भने क्वारेन्टाइनमा वाइफाईको व्यवस्था गरिएको छ भने स्वास्थ्यकर्मी पनि खटाइएको छ । सो भाइरसको जोखिम हुन नदिन लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै उनले भने “कोही पनि घरबाट बाहिर नआउनुहोस्, घरमै सुरक्षित भएर बस्नुहोस् ।” क्वारेन्टाइनको सुरक्षाका लागि पाटनका भूपू सैनिक क्लवले र टोल विकास संस्थाले खाना व्यवस्था गर्ने भएको छ ।
यसैगरी सो गणको सहयोगमा व्यास नगरपालिका–३ स्थित एपोलो अस्पतालमा रुघाखोकीका बिरामीको परीक्षणका लागि छुट्टै कक्ष बनाइएको छ । उक्त कक्ष बनाउनका लागि सेनाले टेण्ट सहयोग गरेको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिए । अन्य बिरामीलाई अस्पतालकै भवनबाट सेवा प्रवाह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१