विश्व महामारी हरणको शान्ति कामना गर्दे कास्कीकोटमा प्रार्थना

गुप्तकालिका मन्दिरमा चैते दशैका सवै पुजा स्थगित

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
90047540_1393964007457756_2339081232836460544_o

कास्कीकोट दरवार तथा गुप्तकाली गर्भ गृहको पुरात्त्तव विभागले पुन: निमार्ण कार्य जारीरहेको छ ।

कास्कीकोटमा रहेको गुप्तकालिका मन्दिरमा यस वर्षको चैते दशै पुजाका कार्यक्रमहरु दर्शनार्थीका लागि बन्द गरिएको छ । विश्वमा देखिएको कोरोना भाइरस ( कोभीड १९ ) को संक्रमण बढेसंगै नेपाल सरकारले नेपाली जनताको स्वास्थको सुरक्षाका लागि लकडाउन गरेको कारण गुप्कालिका मन्दिरमा चैते दशैमा हुने पुजाका कार्यक्रमहरु दर्शनार्थीका लागी बन्द गरेको गुप्तकालिका धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलिप विक्रम शाहीले जानकारी दिनु भयो ।

कोरोना भाइरसले विश्वमा फैलाएको महामारिका विरुद विश्व शान्ति कामानार्थ मात्र वैदिक तथा तान्त्रिक पुजा गर्न लागिएको समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भएको छ । चैते दशैमा हुने पञ्चवली ,विभिन्न भाकल तथा दर्शनका लागि बन्द गरिएको छ । विभिन्न जिल्ला र स्थान देखि पञ्चवलीको लागि नाम दर्ता गराएका तथा पुजा गर्ने श्रदालु भत्तजनहरुलाई अर्को सुचना मार्फत जानकारी गराइने समितिले जनाएको छ ।

मन्दिरमा मानिसहरुको भिड लाग्ने पशु वली दिइने हुदा संभावित जोखिमलाई ध्यानमा राख्दै समितिले मन्दिरका सिमित पुजारी द्धारा विश्व शान्ति महामारी हरणको कामना गर्दे पुजा तथा प्रार्थना गरिने त्रिपाठीले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै