अधिकारीद्धारा एक महिनाको पेन्सन सहयोग गर्ने घोषणा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
Tejnarayan650

पोखरा ११ चैत । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई तेजनारायण अधिकारीले एक महिनाको पेन्सन वापतको रकम प्रदान गर्ने भएका छन् । अधिकारी सेवा निबृत्त संघ नेपालका उपाध्यक्ष र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष समेत रहेका छन् ।

उनले पेन्सन वापत एक महिनाको २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । देशले संकटको सामना गरिरहेका बेला आफनो तर्फबाट सक्दो सहयोग गरौ भन्ने भावनाले रकम दिने बताए । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा उपचार कोर्ष स्थापना गरेको छ । उक्त कोर्षमा सहयोग गर्न सकिने सरकारले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width