पोखरा । पोखरामा निर्माणाधीन अन्नपूर्ण केबलकार सञ्चालनको अन्तिम तयारीमा छ । हालसम्म ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । सर्वाेच्चमा मुद्दा समेत खेपेको अन्नपूर्ण केबलकार प्रालिले पीडित पक्षसँगको सहमतिपछि केबलकारलाई पुनः सञ्चालनमा ल्याउन निर्माण तीव्र पारेको हो ।
आगामी वैशाखदेखि केबलकार सञ्चालनमा ल्याउने लक्ष्य साथ तीव्रगतिमा काम अघि बढेको सञ्चालक तीर्थराज त्रिपाठीले बताउँछन् । ‘केबलकारको लागि साइटमा सम्पूर्ण प्राविधिक सामान आइसकेका छन्,’ त्रिपाठी भन्छन्, ‘हामी अहिले लठ्ठा तान्ने प्रक्रियामा सामान जुटाउँदै छौं ।’‘लठ्ठा तान्नेक्रममा वरपर कोही बस्न नमिल्ने हुँदा सबै काम सकाएर लठ्ठाको काम अघि बढाउने योजना रहेको त्रिपाठीले जानकारी दिए । नेपालमा प्राविधिक सामान उपलब्ध नहुने हुँदा सम्पूर्ण सामान जापानबाट ल्याइएको छ ।
त्रिपाठी भन्छन्, ‘केबलकारका लागि जुन ठाउँबाट सामान ल्याएको थियौं, उनीहरुकै उपस्थितिमा जडानको काम गर्नुपर्ने गरी कन्ट्रयाक गरिएको छ । त्यसकारण गण्डोला जडान गर्नसमेत जापानबाट ३ जना प्राविधिक आउनेछन् ।’प्राविधिक टोलीले सूपरभिजन गरेरमात्र केबलकार वैशाखदेखि सञ्चालनमा आउनेछ,’ त्रिपाठी भन्छन्, ‘जापानीज प्राविधिकको सहकार्यमा लठ्ठा तानी गण्डोला फिटिङ गरेपछि परीक्षणका लागि तयार हुनेछाँै ।’
उनका अनुसार परीक्षण कार्य ४÷५ महिनासम्मै हुनेछ ।’ जापानीज प्राविधिकले परीक्षण गरी यात्रु चढाउन सक्छौं भनेपछि मात्र हामी व्यावसायिक रुपमा अघि जानेछौं,’ आशावादी हुँदै त्रिपाठीले भने ।माथिल्लो र तल्लो स्टेशन गरी हालसम्म झण्डै ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ । ३४ वटा गण्डोलाको क्षमताको केबलकारमा शुरुवातमा १८ वटामात्र प्रयोग हुनेछ । ‘शुरुवातमा १८ वटा गण्डोला राख्ने छौं पछि यात्रुको चाप बढेसँगै भीआईपी गण्डोलासमेत थप्ने छौं,’ उनले भने ।
एक अर्ब ३५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको केबलकारले प्रतिघण्टा १ हजार ५ सय यात्रुहरुले सेवा लिन सक्नेछन् । केबलकार सञ्चालन आएपछि फेवातालको किनारा सेदीबगरबाट ८ देखि ९ मिनेटमा नै सराङ्कोट पुग्न सकिनेछ ।माथिल्लो स्टेशनमा भवनसहित स्काई हेवन बेलुन रेष्टुरेण्ट, भ्यू टावर निर्माण हुनेछ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना बन्ने छन् । स्टेशनमात्र निर्माण गर्ने उद्देश्य भए पनि पछि आरसीसी मोडलमा केबलकारको निर्माण भएकोले लागत बढ्न गएको त्रिपाठी बताउँछन् ।पोखराको चुलीमा रहेको सराङ्कोट एउटा महत्वपूर्ण दृश्यावलोकन गर्ने स्थान हो । केबलकारबाट यात्रा गर्दा हिमाल, फेवाताल, हरियो वनजंगल साथै पोखराको मनोरम दृश्य समेत अवलोकन गर्न सकिने हुँदा यहाँ आन्तरिक एवं बाह्य पर्यटक बढ्ने विश्वास छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१