पोखरा । अल नेपाल होमियोप्याथिक एशोसिएसन गण्डकीको मंगलबार सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट डा विष्णुप्रसाद चापागाइँ अध्यक्ष पदमा निर्वाचित भएका छन् । एशोसिएसन उपाध्यक्षमा डा दिलीप पाण्डे, सचिवमा डा कृष्ण पोखरेल, कोषाध्यक्षमा टेकमाया गुरुङ, सहसचिवमा चन्द्रावती गुरुङ निर्वाचित भए । सदस्यमा जयनारायण चापागाईं, रमेश चापागाइँ र पृथ्वी गुरुङ निर्वाचित भएका छन् ।
कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा बुद्धिप्रसाद पौडेलले आयुर्वेद क्षेत्रलाई समेत समेटेर प्रदेश सरकार अगाडि बढ्न खोजेको बताए । आयुर्वेद तथा विविध चिकित्सा क्षेत्रलाई समेटेर होमियोप्याथिक पद्दतिको विकास र विस्तारमा जोड दिनुपर्ने उनको भनाइ थियो ।एशोसिएसन केन्द्रीय अध्यक्ष कमलप्रसाद सुवेदीले सरकारको नीति नियम होमियोप्याथिकको पक्षमा नरहेको गुनासो व्यक्त गर्दै सरकारले यस क्षेत्रको विकास र विस्तारमा ध्यान दिन जररी रहेको बताए । ‘विश्वमा नै होमियोप्याथिक क्षेत्रप्रति बिरामीको आकर्षण बढेकै बेला नेपाल सरकारले यस क्षेत्रलाई समेटेर लान नसक्नु विडम्बना हो,‘ उनले भने । सरकारी अस्पतालमा होमियोप्याथिक चिकित्सक नियुक्त गर्न दबाबमूलक कार्यक्रम आवश्यक देखिएको भनाइ उनको थियो ।
गण्डकी आयुर्वेद औषधालय लेखनाथका प्रमुख कुमार कासुलाले गण्डकी प्रदेशले नीति नियम बनाउँदा यस क्षेत्रलाई पनि महत्व दिनुपर्नेमा जोड दिए । होमियोप्याथिक उपचार पद्दति उत्कृष्ट भएकाले यसप्रति सरकारको ध्यान जान जरुरी रहेको डा अम्बिका ज्ञवालीको भनाइ छ ।डा विष्णुप्रसाद मिश्रले होमियोप्याथिक पद्दतिबाट उपचार गर्ने बिरामी सबैभन्दा बढी फ्रान्समा रहेको र यस्तो पद्दतिको विकास अन्य देशमा पनि हुँदै गएको बताए ।
सो अवसरमा डा खगेन्द्र कटुवालले होमियोप्याथिक उपचार पद्दतिले मानिसको शरीरमा कुनै साइड इफेक्ट नपार्ने हुँदा यो नै उत्तम उपचार विधि भएको बताए ।कार्यक्रममा एशोसिएसनका कृष्णप्रसाद पोखरेल, कृष्णप्रसाद तिमिल्सेना, राजु पौडेल, नीरज पन्त, डा विष्णुप्रसाद चापागाई लगायतले आफ्नो भनाइ राखेका थिए। कार्यक्रम एशोसिएसन गण्डकी अध्यक्ष डा राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१