लमजुङ । मध्यनेपाल–७, करापुटारस्थित इशानेश्वर अर्थात् सन्तानेश्वर महादेव मन्दिरमा शिवरात्रिका अवसरमा भक्तजनको घुइँचो लागेको छ । इशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरे सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।
यसैबीच, मन्दिरमा ६५ हजार भक्तजनले महादेवको दर्शन गर्दै दूध चढाएका छन् भने शुक्रबार राति ठाडोबत्ती बाल्नेको संख्या १ हजार पुगेको छ ।मन्दिर परिसरमा महादेवको दर्शन गर्ने र दूध चढाउने भक्तजनको शुक्रबार बिहान ३ बजेदेखि भिड लाग्न थालेको इशानेश्वर मन्दिर क्षेत्र विकास समिति अध्यक्ष रामचन्द्र शास्त्रीले बताए । मन्दिर परिसरमा दुई दिने मेला लाग्ने परम्परा रहि आएको छ ।
उभिएर रातभर जाग्राम रहेर बत्ती बाल्ने कार्यलाई ‘ठाडोबत्ती बाल्ने’ भनिने मन्दिरका पूजारी सूर्यमणि सोतीले बताए । उनका अनुसार इशानेश्वर महादेवलाई सन्तानेश्वर पनि भनिन्छ । मन्दिरमा मूलतः रातको समयमा ठाडो बत्ती बालेमा सन्तान नहुनेका लागि सन्तान लाभ हुने विश्वास छ, उनले भने । यस्तै विश्वासमा महाशिवरात्रिको अवसर पारी लामो समय अघिदेखि सन्तान नभएका सयौं दम्पत्ति मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडोबत्ती बाल्ने तयारीमा छन् । रातभरी जाग्राम भई ठाडोबत्ती बालेमा सन्तान लाभको आकांक्षा राख्नेदम्पत्ति ठाडोबत्ती बाल्न लमजुङसहित विभिन्न जिल्लाबाट करापुटार आउने गर्दछन् ।
कुसुमाकर माविका शिक्षक एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेका अनुसार सन्तानको वरमाग्न मात्र हैन त्यसरी जन्मेका सन्तान ५, ७ वर्षको भए पछि ती बालबालिकालाई फेरि दर्शन गराउन ल्याउने चलन पनि छ । उनले भने, ‘नसक्नेहरूले बसेर पनि बत्ती बाल्ने गर्दछन् । उभिएर भन्दा बसेर बत्ती बाल्नेको संख्या सधैँ अनगिन्ति हुन्छ ।’ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरलाई काठमाडौंका पशुपतिनाथपछिको दोस्रो महत्वपूर्ण मन्दिर तथा शक्तिपीठ मानिन्छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१