पोखरा, १० फागुन । एनएमबि बैंक लिमिटेडले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा पोखराका विभिन्न स्थानमा प्ले कार्ड सहित परिक्रमा गर्दै वित्तीय साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
उक्त अभियानमा नगरवासीलाई बैंकसम्म पहुँच विस्तार गर्ने तथा वित्तीय सुधारका बिषयमा जनचेतना फैलाउने कार्य गरिएको छ । बचत गर्ने बानि बसालौं, तपाइँको बचत हाम्रो सुरक्षा, बैकिङ्ग सुबिधाको प्रयोग गरौं, आजको बचत भोलिको समृद्धिको आधार, आजको लगानी भोलिको सुनौलो बिहानी, समस्या पूर्व सूचना दिएर आउँदैन त्यसैले समयमै तयार रहौं, अबैध वित्तीय कारोवार नगरौं, नोट सफा राखौँ केरमेट नगरौँ जस्ता जनचेतना मुलक प्ले कार्ड सहित आह्वान गरिएको थियो ।
बिहान गण्डकी प्रदेश कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको उक्त अभियान न्यूरोड, सभा गृह, पृथ्वी चोक, नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, बगर, बिन्ध्यवासिनी, भैरव टोल हुँदै पुनः चिप्लेढुङ्गामै पुगेर बिसर्जन भएको थियो ।
उक्त अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख गणेश पराजुलीले समृद्घ नेपालका लागी वित्तीय साक्षरताको महत्वमाथी प्रकाश पार्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट यस प्रकारको कार्यहरु गरिरहेको उल्लेख गरे । पोखरा महानगर र यसको आसपास क्षेत्रमा रहेका जनताहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबी बैंकले हाल देशभरि १६३ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू, ३००३ क्यूआर र ३५८ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान प्राप्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१