उपचारमा सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
tiumer help photo 2

पोखरा । ब्रेन ट्युमर भइ उपचार गराइरहेका पोखरा २०, आटीघरका मोहनसिंह परियारलाई युकेमा बसोबास गर्ने विमला गुरुङले आर्थिक सहयोग गरेकी छन् । मणिपाल हस्पिटलमा उपचाररत अवस्थामा रहेका ५३ वर्षीय परियारलाई पुरानो घर पर्वत ठानामौला पुरानो घर भइ हाल युकेमा बसोवास गर्ने गुरुङले नगद १२ हजार प्रदान गरेकी हुन् ।

दुई महिनादेखि ट्युमरको उपचार गराइरहेका परियारको पछिल्लो समय अप्रेशन गर्दासम्म २ लाख बढी खर्च भएको र परिवारको आर्थिक अवस्था अति नै नाजुक भएकाले स्थानीय पारस गुरुङ र प्रकाश गुरुङको पहलमा गुरुङले परियारलाई आर्थिक सहयोग गरेकी हुन् । आर्थिक सहयोग गर्दै विमला गुरुङले आर्थिक अभावमा उपचारमा समस्या झेलिरहेका बिरामीहरुलाई सहयोग गर्दै आएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width